पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाउने तीन विद्यार्थी पक्राउ « Khabarhub

पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाउने तीन विद्यार्थी पक्राउ


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूएईमा जारी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाएको आरोपमा प्रहरीले तीन जना कश्मिरी विद्यार्थीलाई पक्राउ गरेको छ।

बुधबार उनीहरूलाई खुसी मनाएको र राष्ट्र विरोधी नारा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। आरबीएस बिचपुरीमा मंगलबार राति जगदीशपुरा पुलिस स्टेशनमा इन्जिनियरिङका विद्यार्थी अरशद युसुफ, इनायत अल्ताफ र शैकत अहमद गनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

प्रहरीले काश्मिरी विद्यार्थीहरूलाई उनीहरूको ह्वाटएप्स स्टेटस र च्याटिङको प्रमाणको आधारमा पक्राउ गरेको थियो। तीनै अभियुक्तलाई बिहीबार अदालतमा पेस गरिनेछ। टी-२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच २४ अक्टोबरमा भएको खेलमा पाकिस्तानसँग भारत १० विकेटले पराजित भएको थियो।

मंगलबार बिचपुरीको आरबीएस इन्जिनियरिङ प्राविधिक क्याम्पसका तीन कश्मिरी विद्यार्थीहरूको ह्वाटएप्स स्टेटस र च्याट भाइरल भाइरल भएको थियो। कलेज व्यवस्थापनले यो कुरा थाहा पाएपछि इन्जिनियरिङका तीन विद्यार्थीलाई निलम्बन गरेको थियो।

भारतीय जनता युवा मोर्चाका पदाधिकारीहरूले पाकिस्तानको विजयमा कश्मिरी विद्यार्थीहरूले उत्सव मनाएको थाहा पाएपछि हंगामा मच्चाएका थिए। भाजपाका ब्रज प्रान्त क्षेत्रीय मन्त्री गौरव राजावतले आरोपी विद्यार्थीहरू विरुद्ध मुद्दा दर्ता गरेका थिए।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ११ : ४८ बजे

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष

आजको कार्टुन : प्रधानमन्त्रीको मुड !

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह जनताबाट टाढै रहन रुचाउँछन् । देशमा

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव