कांग्रेस महाधिवेशन : कास्कीको सभापतिमा बराल विजयी « Khabarhub

कांग्रेस महाधिवेशन : कास्कीको सभापतिमा बराल विजयी


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन् ।

शनिबार राती सम्पन्न मतगणनाबाट निकटतम प्रतिश्पर्धी सुदिपमोहन भट्टराईले ९१५ मत ल्याउँदा बराल ८० मतको फरक ९९५ मतले वियजी भएका हुन् ।

पहिलो चरणमा ५ उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि धेरै मत ल्याएका २ जना अन्तिम प्रतिश्पर्धामा आएका हुन्।

कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत प्राप्त गर्नुपर्छ । पहिलो चरणमा पनि बरालले नै सर्बाधिक मत ल्याएका थिए ।

बराल पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् भने भट्टराई संस्थापन इतरका हुन् । संस्थापन पक्षको कास्कीमा यो पहिलो जीत हो ।

पदाधिकारी र सदस्यहरुको मतगणना भने जारी छ । मध्यान्नसम्म सबै मतपरिणाम आईसक्ने कांग्रेस कास्कीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : ३५ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता