‘ए’ डिभिजन लिग : पहिलो जितको खोजीमा पुलिस र जावलाखेल « Khabarhub

‘ए’ डिभिजन लिग : पहिलो जितको खोजीमा पुलिस र जावलाखेल


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको तेस्रो दिन आइतबार एक मात्रै खेल हुँदैछ । दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने लिगमा ललितपुरको जावलाखेल युथ क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबको सामना गर्दैछ ।

जारी लिगमा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा जावलाखेल ‘लिग लिडर’ मनाङ मर्स्याङ्दी क्लबसँग १-० अन्तरले पराजित भएको थियो ।

कुलदीप कार्कीको कप्तानीमा रहेको जावलाखेललाई तीन विदेशी खेलाडीको साथ रहनेछ । जावलाखेलका प्रशिक्षक विभागीय पुलिसविरुद्ध खेल्दा टोली गर या मरकोअवस्थामा रहेको र खेलमा जसरी पनि तीन अंक चाहिएको बताउँदै जित्न खेल्ने बताउँछन् ।

‘पुलिससँग ‘गर या मर’ को अवस्थामा छौं । मलाई जसरी पनि तीन अंक चाहिएको छ । त्यसका लागि म जुनसुकै औजार पनि प्रयोग गर्न सक्छु’, केसीले भने ।

यता, पहिलो खेलमा साविक उपविजेता विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ बराबरीमा रोकिएको पुलिस पहिलो जितको खोजीमा छ । राष्ट्रिय टोलीका नियमित दुई तथा चार सदस्यको साथ रहेको पुलिस जावलाखेललाई हराउँदै तीन अंकको दाउमा छ ।

‘हाम्रो लक्ष्य जावलाखेलविरुद्ध तीन अंक हो । जित्नका लागि मैदान उत्रन्छौं’, नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले न्युज कारखानासँग भने ।

पुलिस युवा खेलाडी राज बाजीको कप्तानीमा मैदान उत्रनेछ । पुलिसलाई राष्ट्रिय टोलीका सुमन लामा, तेज तामाङसहित अजित भण्डारी र रवि पासवानको साथ छ । अजित भने पहिलो खेलमा चोटका कारण बेच्नमै रहेका थिए ।

यस्तै पुलिसलाई अनुभवी खेलाडी भोला सिलवाल, रविन श्रेष्ठ, जुमानु राई, सुमन सुवेदीलगायत खेलाडीको साथ छ । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब लगातार दुई खेल जित्दै शीर्षस्थानमा छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : ५० बजे

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६