बारले माधवकुमार नेपाललाई बुझायो ज्ञापनपत्र | Khabarhub Khabarhub

बारले माधवकुमार नेपाललाई बुझायो ज्ञापनपत्र


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आइतबार सत्तारुढ गठबन्धनको एक दल नेकपा (एकीकृत समाजवादी) लाई ज्ञापनपत्र बुझाएको छ ।

आइतबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बार पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउनुपर्नेलगायतका मागहरु छन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले न्यायालय संकटबारे पार्टीमा छलफल गर्ने बताए । उनले सत्ता गठबन्धनमा पनि यो विषयमा छलफल गरिने बताए ।

बारले यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यण गणेश तिम्सिनालाई ज्ञापनपत्र बुझाइसकेको छ । बारले आइतबार चौथो चरणको आन्दोलन सकेको छ । सोमबारदेखि पाँचौ चरणको आन्दोलन गर्ने तयारीमा छ ।

आइतबार पनि बारले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको थियो । सो धर्नामा बोल्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधान्यायाधीश राणाले पदीय हैसियत गुमाइसकेको टिप्पणी गरेका थिए । राणाबाहेकको बसेको फुलकोर्ट बैठकले गोलाप्रथा लागू गर्ने निर्णय गरेर प्रधान्यायाधीशको अधिकार कटौती गरिसकेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : ०५ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस