बारले माधवकुमार नेपाललाई बुझायो ज्ञापनपत्र « Khabarhub

बारले माधवकुमार नेपाललाई बुझायो ज्ञापनपत्र


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आइतबार सत्तारुढ गठबन्धनको एक दल नेकपा (एकीकृत समाजवादी) लाई ज्ञापनपत्र बुझाएको छ ।

आइतबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बार पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउनुपर्नेलगायतका मागहरु छन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले न्यायालय संकटबारे पार्टीमा छलफल गर्ने बताए । उनले सत्ता गठबन्धनमा पनि यो विषयमा छलफल गरिने बताए ।

बारले यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यण गणेश तिम्सिनालाई ज्ञापनपत्र बुझाइसकेको छ । बारले आइतबार चौथो चरणको आन्दोलन सकेको छ । सोमबारदेखि पाँचौ चरणको आन्दोलन गर्ने तयारीमा छ ।

आइतबार पनि बारले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको थियो । सो धर्नामा बोल्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधान्यायाधीश राणाले पदीय हैसियत गुमाइसकेको टिप्पणी गरेका थिए । राणाबाहेकको बसेको फुलकोर्ट बैठकले गोलाप्रथा लागू गर्ने निर्णय गरेर प्रधान्यायाधीशको अधिकार कटौती गरिसकेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : ०५ बजे

सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ

काठमाडौँ – सार्वजनिक यातायातमा यात्रुका सामान चोरी गर्ने, पाकेटमारी तथा लुटपाट

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी

बेलायतमा सवारीसाधन उत्पादन ४ प्रतिशतले बढ्यो

एजेन्सी- बेलायतमा सवारीसाधन उत्पादन गत वर्षको अक्टोबरको तुलनामा यस वर्षको सोही

भिक्टोरिया निर्वाचनमा कन्जरभेटिभको जितको सम्भावना

काठमाडौँ- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार सम्पन्न निर्वाचनमा कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले

झारफुकको भाइरल भिडियो प्रकरण : जुम्लामा एक जना पक्राउ

काठमाडौं- झारफुक गर्ने भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो प्रकरणमा