४५ जिल्लाको परिणाम आउँदा देउवा र पौडेलबीच कडा टक्कर (सूचीसहित) | Khabarhub Khabarhub

४५ जिल्लाको परिणाम आउँदा देउवा र पौडेलबीच कडा टक्कर (सूचीसहित)


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ । गत शुक्रबार सुरु भएका जिल्ला अधिवेशनको मतपरिणाम आउनेक्रम जारी छ । हालसम्म ४५ जिल्लाका सभापतिहरूको नतिजा आएको छ ।

देशका आधाभन्दा धेरै जिल्लाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा टक्कर देखिएको छ । कृष्ण सिटौलाको तेस्रो धारले पनि एक जिल्लामा सभापति जित्न सफल भएको छ ।

४५ जिल्लाको परिणाममा देउवा पक्ष केही बलियो देखिएको छ । देउवा समूहका २२ जना जिल्ला सभापति निर्वाचित भएका छन् । पौडेल समूहका २० जनाले सभापति जितेका छन् । यस्तै सिटौला पक्षका एकजनाले चुनाव जित्दा २ जना भने कतै खुलेका छैनन् ।

शेरबहादुर देउवा पक्ष

१.शंकर गुरुङ – मनाङ

२. खडक बोहरा – बझाङ

३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

४. मोहनविक्रम सिंह – हुम्ला

५. कान्छाराम तामाङ – रामेछाप

६. ऐनबहादुर शाही – मुगु

७. खमबीर गर्बुजा – म्याग्दी

८. केशबहादुर विष्ट – सल्यान

९. रुपनारायण जबेगु – पाँचथर

१०. नरेन्द्रबहादुर सिंह – डोटी

११. दीपेन्द्रबहादुर शाही – डोल्पा

१२. कर्णबहादुर शाही – जुम्ला

१३. तेजेन्द्र खनाल- ओखलढुंगा

१४. डा.टकराज गुरुङ – लमजुङ

१५. भीमबहादुर साउद – डडेल्धुरा

१६. रामकृष्ण खाँण – रुपन्देही

१७. युवराज जोशी – पर्वत

१८. डम्बर खड्का – इलाम

१९. किशोरदत्त बराल – कास्की

२०. तीर्थ लामा – काभ्रे

२१. जितेन्द्र श्रेष्ठ – ललितपुर

२२. पदम बोगटी – कञ्चनपुर

रामचन्द्र पौडेल पक्ष

१. रोमी गौचन थकाली – मुस्ताङ

२. केशरमान रोका – रुकुमपूर्व

३. दीपक खड्का- संखुवासभा

४.नन्दप्रसाद न्यौपाने – गोरखा

५. विष्णु राई – खोटाङ

६.हिमालदत्त श्रेष्ठ -पाल्पा

७. राजु थापा – स्याङ्जा

८. किशोर आचार्य – रोल्पा

९. विष्णुकुमार गिरी – प्यूठान

१०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

११. विनोद बान्तवा – भोजपुर

१२. केशव श्रेष्ठ – अर्घाखाँची

१३. चतुरबहादुर चन्द – बैतडी

१४. बर्मा लामा – दोलखा

१५. अम्मबहादुर शाही – कालीकोट

१६. रामसिंह रावल – बाजुरा

१७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)

१८. मणिराम रेग्मी – दैलेख

१९. शंकरप्रसाद डाँगी – दाङ

२०. रमेश महत – नुवाकोट

कृष्ण सिटौला पक्ष

१. देउमान थेवे – झापा

नखुलेका

१. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

२. वेदराज सिंह – जाजरकोट

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ५५ बजे

सङ्घीय व्यवस्थाअनुसार मानसिकता बदल्न आवश्यक : नेता सिटौला

इटहरी – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सङ्घीय लोकतान्त्रिक व्यवस्था

व्यावसायिक योजनाबिनै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो : अध्यक्ष लिङ्देन

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गौतमबुद्ध

तीन दिनदेखि जारी तनाव कम गर्दै अन्ततः अमेरिकी मध्यस्थतामा भारत र पाकिस्तानबीच युद्धविराम

काठमाडौं– तीन दिनदेखिको तनाव कम गर्दै अन्ततः भारत र पाकिस्तान

पूर्वाधार निर्माणमा पर्यावरणको मापदण्ड पालना गरौँ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वाधार निर्माणका क्रममा पर्यावरणको मापदण्ड

भारतले पनि गर्‍यो पाकिस्तानबीच युद्धविरामको पुष्टि

काठमाडौं– पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको भारतीय पक्षले पनि पुष्टि