जन्तेढुंगा गाउँपालिकाका वडाध्यक्ष श्रेष्ठको निधन « Khabarhub

जन्तेढुंगा गाउँपालिकाका वडाध्यक्ष श्रेष्ठको निधन


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । ६ असार २०१५ मा जन्मिएका वडाध्यक्ष श्रेष्ठको सोमबार राति १२ बजे ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

वडाध्यक्ष श्रेष्ठ गत माघदेखि मुटुको समस्याबाट पीडित थिए । सिकिस्त अवस्थामा गत २८ माघमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी लगिएका श्रेष्ठ मुटुको भल्व फेरेपछि नियमित औषधि सेवन गर्दैआएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट वडाध्यक्ष निर्वाचित भएका श्रेष्ठ अस्पताल लगिएपछि गत २८ माघदेखि वडासदस्य धनबहादुर राईले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । श्रेष्ठका श्रीमती, तीन छोरा, दुई बुहारी र दुई नातीनातिना छन् ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १० : २५ बजे

सिँचाइ सुविधासँगै आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि

पुनर्वास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण

कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री

मेसीका लागि किन खास छ अर्जेन्टिनी टोली ?

काठमाडौँ – विश्वकप फुटबल २०२६ सकिनका लागि अब तीन खेल

हुप्सेकोटका पहिरो विस्थापित अझै पनि अस्थायी शिविरमा

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८

रौतहटमा एक युवाले गरे आत्मदाह प्रयास, थप उपचारका लागि कीर्तिपुर रिफर

काठमाडौँ – रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर