पार्टी एकताको दौडमा माधव नेपाल « Khabarhub

पार्टी एकताको दौडमा माधव नेपाल


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन् ।

आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू राजनीतिक कार्यक्रम गर्नेदेखि पार्टी एकतामा लाग्न थालेका छन् ।

आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रका अधिकांश वक्ताहरूले दलहरूबीचको सहकार्य र एकताको आवश्यकता औँल्याउँदै वामपन्थी पार्टीका नेताहरूले पार्टी एकतामा जोड दिएका थिए ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेकपाको विघटनको दोष एकअर्कालाई लगाउने प्रयास गरेका नेताहरूले अन्ततः पार्टी विभाजनको आत्मसमीक्षा गर्दै पार्टी एकतामा जोड दिए ।

यसको तेस्रो दिन मंगलबार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण हुँदैछ । राष्ट्रिय सभागृहमा मंगलबार मध्यान्ह साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम राखिएको छ । सोही कार्यक्रममार्फत पार्टी एकता घोषणा गर्न लागिएको हो ।

साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वोच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए । आन्तरिक किचलोका कारण अन्ततः एमाले विभाजन भएर नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका  थिए । एकीकृत समाजवादीलाई ९ भदौमा निर्वाचन आयोगले दलको मान्यता दिएको थियो ।

नयाँ दल दर्ता गरेको पाँच महिनापछि नेपाल वामपन्थी पार्टीबीच एकता अभियानमा लागेका छन् । केही दिनअघि उनले १३ पुसमा विभिन्न दलबीच एकता हुने घोषणा गरेका थिए । एमालेले चुनावलाई लक्षित गर्दै विभिन्न दलका नेतालाई पार्टी प्रवेश गराउने अभियानलाई तीव्रता दिएको छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १२ : ०८ बजे

लिपुलेक बारे भारतको प्रतिक्रिया- कैलाश यात्राका लागि यो ऐतिहासिक मार्ग हो

नयाँ दिल्ली– भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आज २०८३ साल वैशाख २१ गते सोमबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता