माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल जारी « Khabarhub

माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल जारी


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि आज समूहगत छलफल भइरहेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडादेखि विभिन्न पार्टी प्यालेससहितका स्थानमा २५ वटा समूहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि छलफल भइरहेको हो ।

समूहमा अध्यक्ष प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनबाट छलफल थालिएको छ । आइतबार शुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार प्रचण्ड र गुरुङले पेस गरेको प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल शुरु भएको हो ।

समूहका नेताले बुधबार बिहान ११ बजेसम्ममा समूहको निष्कर्ष दिनुपर्नेछ । बिहीबारसम्म चल्ने भनिएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति सदस्य चयन गर्नेछ ।

 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १ : १५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल