सिरिन्ज अभाव हुँदा कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित « Khabarhub

सिरिन्ज अभाव हुँदा कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खोप लगाउन आवश्यक पर्ने सिरिन्ज अभाव हुँदा कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार काठमाडौँसहित ८ जिल्लामा सुरु गर्ने भनिएको खोप कार्यक्रम सिरिन्ज अभावले स्थगित भएको हो ।

मंगलबार स्वास्थ्य मन्त्रालयले १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोरोनाविरुद्धको ‘फाइजर’ खोप लगाउने निर्णय गरेको थियो । तर, सिरिन्ज नभएका कारण उक्त कार्यक्रम स्थगित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आजबाट काठमाडौँ, भक्तपुर ललितपुर, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेत गरी जम्म ८ वटा जिल्लामा यो कार्यक्रम सञ्चालन गर्ने जनाएको थियो ।

देशका अन्य विभिन्न ५४ जिल्लामा भने विद्यालयमै खोप केन्द्र स्थापना गरेर स्वास्थ्य मन्त्रालयले गत पुस ४ गतेदेखि उक्त उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइरहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ३ : ३० बजे

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने

कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ– बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न