सिरिन्ज अभाव हुँदा कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित « Khabarhub

सिरिन्ज अभाव हुँदा कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खोप लगाउन आवश्यक पर्ने सिरिन्ज अभाव हुँदा कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार काठमाडौँसहित ८ जिल्लामा सुरु गर्ने भनिएको खोप कार्यक्रम सिरिन्ज अभावले स्थगित भएको हो ।

मंगलबार स्वास्थ्य मन्त्रालयले १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोरोनाविरुद्धको ‘फाइजर’ खोप लगाउने निर्णय गरेको थियो । तर, सिरिन्ज नभएका कारण उक्त कार्यक्रम स्थगित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आजबाट काठमाडौँ, भक्तपुर ललितपुर, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेत गरी जम्म ८ वटा जिल्लामा यो कार्यक्रम सञ्चालन गर्ने जनाएको थियो ।

देशका अन्य विभिन्न ५४ जिल्लामा भने विद्यालयमै खोप केन्द्र स्थापना गरेर स्वास्थ्य मन्त्रालयले गत पुस ४ गतेदेखि उक्त उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइरहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ३ : ३० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने