आज मंगलबार भगवान गणेशको विशेष पूजा तर झुक्किएर पनि नचढाउनुहोस् तुलसी « Khabarhub

आज मंगलबार भगवान गणेशको विशेष पूजा तर झुक्किएर पनि नचढाउनुहोस् तुलसी


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ । त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ । दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन ।

तुलसीलाई विष्णुको एक रूप नै मानिन्छ । तर गणेशजीलाई तुलसी अप्रिय लाग्छ । गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ ।

दूबोका सम्बन्धमा एउटा कथा भेटिन्छ । कथाअनुसार प्राचीन समयमा अनलासुर नामक असुर थियो । उसले धर्ती र स्वर्गमा आतंक फैलाएको थियो । अनलासुर ऋषिमुनि र सर्वसाधारणलाई जिउँदै निल्थ्यो ।

असुरबाट त्रस्त भएर देवराज इन्द्रसहित सबै देवीदेवता र प्रमुख ऋषिमुनि भगवान् महादेवसँग प्रार्थना गर्न पुगे ।अनलासुरलाई अन्त्य गर्न उनीहरूले महादेवसँग अनुरोध गरे तर महादेवले असुरको अन्त्य गणेशजीले गर्ने बताउनुभयो ।

अनलासुरसँग युद्ध गर्न गणेशजी जानुभयो । असुरले उहाँलाई निल्न खोज्यो तर उल्टै गणेशजीले असुरलाई निल्नुभयो । असुरलाई निलेपछि गणेशजीलाई बेस्सरी पेट पोल्यो । धेरै प्रकारका उपाय गरियो र पेटको जलन शान्त भएन ।

त्यसपछि कश्यप ऋषिले २१ मुन्टो दूबोको गाँठो बनाएर गणेशलाई खान दिनुभयो । दूबो खाएपछि गणेशजीको पीडा शमन भयो । त्यतिखेरदेखि नै श्रीगणेशलाई दूबो चढाउने परम्परा शुरु भएको हो ।

गणेशजीलाई तुलसी किन चढाउनु हुँदैन भन्ने विषयमा पनि एउटा कथा भेटिन्छ ।

कथाअनुसार प्राचीन समयमा तुलसीले गणेशजीसँग विवाहको प्रार्थना गरेकी थिइन् । तर गणेशजीले मान्नुभएन । रिसाएकी तुलसीले गणेशजीलाई दुईवटा विवाह होस् भनी श्राप दिइन् । गणेशजीलाई पनि रिस उठ्यो र तिम्रो विवाह एक असुरसँग होस् भनी श्राप दिनुभयो ।

राक्षससँग विवाह हुने श्राप सुनेपछि तुलसीले गणेशजीसँग माफी मागिन् । त्यसपछि गणेशजीले तिम्रो विवाह शंखचूर्णसँग हुनेछ तर तिमी भगवान् विष्णुको प्रिय हुनेछौ अनि कलियुगमा मानिसहरूलाई मोक्ष दिनेछौ तर मेरो पूजा गर्दा तिमीलाई चढाउनु अशुभ हुन्छ भन्नुभयो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : २० बजे

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै