पर्वतको देउपुरमा सुन्तला बिक्रीबाट रु डेढ करोड भित्रियो « Khabarhub

पर्वतको देउपुरमा सुन्तला बिक्रीबाट रु डेढ करोड भित्रियो


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका–२ देउपुरका कृषकले यस वर्ष रु डेढ करोड भित्र्याएका छन् ।

व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले उत्पादन गरेका सुन्तला बिक्रीबाट रु एक करोड ५० लाखभन्दा बढी रकम भित्रियाएको हो ।

गत वर्षभन्दा यस वर्ष सुन्तलाको उत्पादन कम भएकाले आम्दानीसमेत झण्डै ५० प्रतिशतले कमी आएको छ । यहाँको बगैँचामा सुन्तला किन्नका लागि काठमाडाँै, पोखरा, नारायणगढबाट व्यापारी घरघरमै आएका थिए ।

कृषकले दुई वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी ढङ्गले बगैँचा जिम्मा लगाएका थिए । स्थानीय माछापुच्छ्रे सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि निजी हिसाबले नै बिक्री गर्न थालिएको सहकारीका अध्यक्ष दाताराम चापागाईँले बताए ।

यस वर्ष उत्पादन घटेकाले गत वर्षजस्तो राम्रो कमाइ नभएको उनको भनाइ छ । “गएको वर्ष रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री गरेका थियौँ, यस वर्ष मुस्किलले डेढ करोडजति आम्दानी भएको अनुमान छ”, उनले भने ।

सुन्तला टिप्नका लागि एक साताअघिसम्म व्यापारीका कामदारले देउपुरका बगैँचा भरिएका थिए । सुन्तला टिप्ने र लैजानेका कारण मेला लागेजस्तै देखिएको थियो ।

थोक व्यापारीले बगैँचाबाटै खरिद गरेपछि कृषकलाई पनि सहज भएको स्थानीय शिक्षक भूमिराज शर्माले बताए । देउपुरका कृषक ख्यामराज पौडेलले एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने भएकाले गत वर्षजस्तो उत्पादन नभएको बताए । उनले गत वर्ष रु चार लाखमा सुन्तलाको बगैँचा बिक्री गरेको बताउँदै यस वर्ष झण्डै आधा जति घटेको बताए ।

गत वर्ष हिउँदमा पटक–पटक आएको असिना, विभिन्न रोग र किराको प्रकोप र यस वर्ष वर्षायाममा पानीसमेत धेरै परेकाले उत्पादन घटेको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

विगत डेढ दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएका छन् ।

परम्परागतरूपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको छ । यहाँका १६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन् ।

साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिकरूपमा शुरु गरेको माछापुछ्रे सुन्तला समूहका अध्यक्ष दाताराम चापागाईँले बताए । उनले सुन्तला खेतीको विस्तारका लागि अझै प्रयास गर्न जरुरी रहेको बताए ।

शुरुमा कोदो, मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिकरूपमा प्रत्येक परिवारको रु दुईदेखि पाँच लाखसम्म कमाइ हुन थालेको उनको भनाइ छ । मकै, कोदो लगाउँदा रु २० हजार कमाइ नहुने ठाउँमा सुन्तला लगाउँदा रु पाँच लाख कमाइ हुन्छ”, उनले भने, “अहिले देउपुरका सबै घरमा रु दुई लाखभन्दा बढी कमाउने कृषक छन् ।”

शुरुमा केही कृषकले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि गाउँभरि नै रोपिएको कृषकको भनाइ छ ।

अहिले देउपुरका अधिकांश घरमा सुन्तला रोपिएको छ । यस वर्षदेखि सुन्तलाका बोट मर्न थालेका स्थानीयवासी भूमिराज शर्माले बताए । ठूला र साना बोट पनि धमाधम मर्न थालेको र रोग पत्ता नलागेको उनले बताए । विभिन्न औषधि प्रयोग गरे पनि निरन्तर रुख सुक्न थालेको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १० : ५९ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा