छोरी बलात्कारको आरोप लागेका बाबु पक्राउ « Khabarhub

छोरी बलात्कारको आरोप लागेका बाबु पक्राउ


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । बिहीबार छोरीमाथि बलात्कार गरी फरार भएका बाबुलाई धनुषा प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–५ का भोला यादव रहेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिले जानकारी दिए ।

धनुषा घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्दै आएका यादवले मंगलबार काठमाडौस्थित घरमा छोरीलाई बलात्कारपछि कुटपिट गरी फरार भएका थिए ।

यादवलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत बौद्ध काठमाडौँमा पठाईएको छ । महानगरीय प्रहरी वृत बौद्ध काठमाडौंमा छोरी बलात्कार गरी फरार भएको पीडितबाट निवेदन दिएपछि वृतको पत्र अनुसार खोजतलास गर्ने क्रममा यादवलाई धनुषा प्रहरीले जनकपुरबाट पक्राउ गरेको जानकारी दिए ।

बलात्कारपछि भएको कुटपिटले अचेत अवस्थामा फेला परेकी किशोरीको राष्ट्रिय ट्रामा सेन्टर उपचार भईरहेको छ । आमा अर्को छोरीलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा गएको मौका छोपेर यादव अर्की छोरीको बलात्कारपछि कुटपिट गरी फरार भएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १२ : १७ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९