कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक « Khabarhub

कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ ।

मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउने दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनको लागि कार्यक्रम आजदेखि सञ्चालनमा ल्याइएको हो ।

“माघ १६ देखि २१ गतेसम्म जिल्लाका नौवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सञ्चालन गरेका छौँ”, कार्यालयका प्रमुख उदयराज जोशीले भने, “कार्यक्रमअनुसार माघ १५ गते नगरपालिका वा गाउँपालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशनको कार्य भइसकेको छ ।”

उनका अनुसार कार्यक्रम झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा यही माघ १६ र १७ मा उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्धारित मितिमा सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा रहेको आफ्नो नाम वा विवरणमा त्रुटि भए सच्याउन, नाम दोहरो परेको भए हटाउन, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सूचना दिन र कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन सूचना जारी गरिएको उनले बताए ।

मतदाता नामावली अद्यावधिक गर्न कार्यालयले राजनीतिक दल र सरकारी कार्यालयका प्रमुखसित छलफल गरिसकेको छ । कार्यालयले छलफलपछि गरी कार्यक्रम अगाडि बढाइएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा दुई लाख ७७ हजार ५९ जना मतदाता रहेका छन् ।

एक सय ३२ मतदानस्थल रहेको कञ्चनपुरमा ३३० मतदान केन्द्र रहेका छन् । मतदान केन्द्र पुनरावलोकनको कार्यसमेत निर्वाचन कार्यालयले गरेको छ । जसअनुसार एक हजार मतदात नबढ्ने गरी मतदान केन्द्र र सात हजार मतदाता नबढ्ने गरी मतदानस्थल निर्धारण गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणाअनुरुप कार्यक्रम सञ्चालन गरिएका छन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  २ : ५८ बजे

विपद्का घटनामा प्रभावकारी रुपमा काम गर्नेलाई पुरस्कृत गरिने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम

कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने भएको

एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

एजेन्सी– लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

डा.दिपक मल्लले औँल्याएका सुगर बढ्नुका ७ कारण 

काठमाडौं– सुगर रोग विशेषज्ञ डा. दिपक मल्लले मधुमेह नियन्त्रणमा समस्या

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर