ठेहेगाउँमा भेटिएका दुई बम सेनाद्वारा निष्क्रिय « Khabarhub

ठेहेगाउँमा भेटिएका दुई बम सेनाद्वारा निष्क्रिय


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

प्रहरीका अनुसार गाउँका पुराना घर पुनःनिर्माण गर्ने क्रममा लुकाएर राखिएको अवस्थामा एक सुतली बम र एक सकेट बम भेटिएको थियो ।

उक्त बमसँगै पुरानो जनादेश पत्रिका पनि भेटिएकाले उक्त बम तत्कालीन माओवादीले शुरु गरेको सशस्त्र द्वन्द्वका क्रममा राखिएको हुनसक्ने अनुमान गरिएको छ ।

बमसँगै राखिएको जनादेश पत्रिका विसं २०६१ चैत २ गतेको भएकाले बम पनि सोही समयमा राखिएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दुई घरको आडमा बम र पत्रिका एउटै प्लाष्टिकले बेरेर राखिएको अवस्थामा फेला परेको ठेहे प्रहरी चौकीले जनाएको छ ।

ठेहेका तुला रावल र लोग भण्डारीको घरको बीच भागमा भेटिएको बमका बारेमा प्रहरीले गरेको सूचनाका आधारमा आइतबार सिमकोटबाट खटिएको नेपाली सेनाका सुवेदार केदार थापा नेतृत्वको टोलीले बम भेटिएको स्थानबाट करिब ५०० मिटर टाढाको खोलामा लगेर डिस्पोज गरेको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : १५ बजे

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज

एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने

काठमाडौँ– नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने पक्का

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई हराउँदै एस्टन भिल्लाले अर्को

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति

अनलाइनमार्फत घरमै नक्सा प्राप्त

भोजपुर– प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त