कतारमा कोरोना संक्रमण बढ्यो, नियम उल्लंघन गर्ने ५६६ जना कारबाहीमा | Khabarhub Khabarhub

कतारमा कोरोना संक्रमण बढ्यो, नियम उल्लंघन गर्ने ५६६ जना कारबाहीमा



दोहा- रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ ।

शनिबार ६१४  जनालाई कोरोना संक्रमण पुष्टी भएकोमा आइतबार ६३९ जनामा संक्रमण भएको छ ।

कतारमा कोरोना संक्रमितको संख्या १ लाख ७७ हजार ७७४  जना पुगेको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार

आइतबार मात्रै ३५५ जनाले उपचारपछि स्वास्थ्यलाभ गरेका छन् । योसँगै कतारमा उपचारपछि निको हुनेको संख्या १ लाख ६२ हजार ९१० पुगेको छ ।

मन्त्रालयका अनुसार कतारमा अहिले १४ हजार ५८० वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये २७९ जनाको आईसीयूमा उपचार भैरहेको छ । हालसम्म कतारमा २८४ जनाले मात्रै ज्यान गुमाएका छन् ।

ती मध्ये १८ जना नेपालीको कोरोनाले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।

नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै तथ्याङक छैन । यो समाचार तयार पार्दासम्म ७ लाख ४० हजार ३०९ जनाले कोरोनाविरुद्धको खोप लगाईसकेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउँदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरेको छ ।

शुक्रबारदेखि नै कतारमा बस्ने सबै कतारी नागरिक तथा अन्य आप्रवासी कामदारहरुलाई सतर्कता र सुरक्षाका सम्बन्धमा पालना गर्नु पर्ने ३३बुँदे निर्देशनहरु जारी गरेको छ ।

सरकारी तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले बैठक गर्नुपर्दा स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण प्रक्रिया अवलम्बन गर्दै ५ जना भन्दा बढी उपस्थित हुन नपाईने, सामाजिक भेटघाट नगर्ने र घर भित्र वा बन्द स्थानमा ५ जना भन्दा बढी भेला हुन नपाईने नियम जारी गरेको यहाँको संकट व्यवस्थापनको लागि सर्वोच्च समितिले जनाएको छ ।

यहाँका सबै सार्वजनिक पार्क, सार्वजनिक स्थलहरु, कर्निस लगायत अन्य सार्वजनिक स्थलहरु बन्द हुने र यस प्रकारका स्थानहरुमा एकै परिवारका २ जना भन्दा बढी जान नपाइने जनाएको छ ।

व्यापारिक भवनहरुमा हुने क्रियाकलापलाई ३० प्रतिशत सीमित गरिएको र १२ वर्ष भन्दा कम उमेरका बालबच्चाहरुलाई त्यस्ता स्थलमा जान बन्देज लगाइएको छ ।

सवारी साधनमा वा गाडी प्रयोग गरी घरबाट बाहिर निस्कँदा सवारी मास्क अनिवार्य लगाउनु पर्ने तर सवारी साधानमा एक जना मात्र भए मास्क नलगाए पनि हुने, सवारी साधनमा चालकसहित ४ जना भन्दा बढी यात्रा गर्न नपाइने, घरबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा मोबाइलमा अनिवार्य एहतेराज एप्लिकेसन हुनु पर्नेछ ।

५६६ जनालाई कारबाही

कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ५६६ जनालाई कारबाही गरिएको जनाएको छ ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार ५०७ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, ८ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा र बाँकी ५१ जनालाई सामाजिक दूरी कायम नगरेकोमा कारबाही गरिएको जनाएको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनताहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारीविरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन चेतावनी दिइरहेको छ । नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १२ : ४५ बजे

बढुवा भएका ४ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– नेपाल प्रहरीको एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) बाट डीआईजी (प्रहरी

कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थपियो

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन

नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच सम्झौता

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ

निजामती सेवा विधेयक आगामी असारभित्र ल्याउछौं : मन्त्री जोशी

विराटनगर– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती सेवा

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके–  बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन्