सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन आदेश « Khabarhub

सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन आदेश


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वतन्त्र मधेस गठबन्धन छोडर शान्तिपूर्ण राजनीतिमा लागेको दाबी गरिएका डा. सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतले सूचना जारी गरेको छ ।

पृथकतावाद छोडेर जनमत पार्टी गठन गरेका डा. राउतलाई पक्राउ पूर्जी जारी गरिएकोमा घरद्वार पत्ता नलागेको भन्दै जिल्ला अदालत नवलपरासीले बाटोको म्‍यादबाहेक ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको हो ।

न्यायाधीश ध्रुवकुमार शाहको इजलासले २१ फागुनमा पत्रिकामा म्याद सूचना प्रकाशित गर्ने आदेश दिएको थियो । पक्राउ पूर्जीसहितको म्याद सूचना प्रकाशित गरे पनि नभेटिएपछि उनलाई हाजिर हुन भनिएको थियो ।

अदालतले तोकेको समयमा हाजिर नभए कानून अनुसार हुने भनिएको छ । राउतविरुद्ध मुलुकी फौजदारी संहिता, राज्यविरुद्धको संगठित अपराध अन्तरगत दफा ४९ को नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, खण्डता वा राष्ट्रिय एकतामा खलल पारेको अभियोग लगाइएको छ ।

राउतसँगै यो मुद्दामा कृष्ण यादव र कैलाश महतो प्रतिवादी थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १ : ५७ बजे

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित