इलाममा दुई करोडको आधुनिक कृषि बजार बन्दै « Khabarhub

इलाममा दुई करोडको आधुनिक कृषि बजार बन्दै


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाममा करिब दुई करोड लागतमा कृषि बजार निमार्ण हुने भएको छ ।

इलाम नगरपालिका वडा नं. ७ स्थित सिंहवाहिनी खोस्लीमा निर्माण हुन लागेको कृषि बजार (सब्जी तथा पशुबजार) को सोमबार प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम रानाले शिलान्यास गरेका छन् ।

इलाम नगरपालिकाले निर्माण गर्न लागेको सो भवनको एक करोड ९९ लाख रुपैयाँको लागत रहेको छ । फलामको ट्रष्ट प्रयोग गरेर बनाइने भवनको छाना जस्ताको लगाइने र एक तलामा सब्जी तथा अर्को तलामा पशु बजार लगाइने नगरपालिकाले जनाएको छ ।

इलाम नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्दै लैजाने योजनाअनुसार कृषिलाई प्राथमिकता दिएको नगरप्रमुख महेश बस्नेतले बताए ।

स्वास्थ्यका दृष्टिकोणले पनि व्यवस्थित बजारको रुपमा भवन निर्माण गरिने नगरप्रमुख बस्नेतको भनाइ छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ३ : २८ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको