रेशम चौधरीको रिहाइलगायतको माग सम्बोधनका लागि सरकारले बनायो वार्ता टोली « Khabarhub

रेशम चौधरीको रिहाइलगायतको माग सम्बोधनका लागि सरकारले बनायो वार्ता टोली


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समिति र कन्द्रीय आन्दोलन परिचालन समितिले राखेका माग सम्बोधनका लागि वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गठित तीन सदस्यीय वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य छन् ।

थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्न वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

रेशम चौधरी लगायतका बन्दीहरूको रिहाईको माग गर्दै आन्दोलनरत आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले टोली गठन गरेको हो ।

मन्त्री गुरुङका अनुसार आजै थारु कल्याणकारी सभासँग वार्ता हुनेछ । केन्द्रीय संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको छ । गृहमन्त्री वादलले माइतीघरस्थित धर्ना स्थलमा पुगेर वार्तामा आउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ३ : ४९ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको