फोहोर विसर्जनमा अवरोध नगर्न सिसडोलवासीमा महानगरको अनुरोध « Khabarhub

फोहोर विसर्जनमा अवरोध नगर्न सिसडोलवासीमा महानगरको अनुरोध


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दाको मागमा सकारात्मक भएको जनाएको छ ।

महानगरले सूचनामार्फत फोहोरमैला विसर्जनमा अवरोध नगर्न आग्रह गर्दै स्थानीयका मागमा आफूहरु सकारात्मक रहेको जनाएको हो ।

‘काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोरमैलाको अन्तिम विसर्जन स्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा–२ स्थित ल्याण्डफिल्ड साइटका प्रभावित बासिन्दाले विभिन्न माग राखी फोहोर व्यवस्थापन कार्यमा २०७७ चैत १३ देखि अवरुद्ध गर्दै आएकोमा काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ,’ ‘विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय बासिन्दाको माग सम्बन्धमा काठमाडौँ महानगरपालिकाले नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सम्बन्धमा काठमाडौँ महानगरपालिका सकारात्मक अपेक्षा गर्छ ।’

विज्ञप्तिमा ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दालाई फोहोरमैला विसर्जन कार्यमा सहयोग गर्न पनि अपिल गरिएको छ ।

त्यस्तै महानगरले जोखिम न्यूनीकरण कार्यमा सहयोग गर्न पनि आग्रह गरेको छ । फोहोर मैला प्रभावित क्षेत्रका स्थानीय बसिन्दाहरुले चैत १३ गते यता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् ।

‘हामी सिसडोलबासीका मागप्रति सकारात्मक छौँ । हाम्रो तर्फबाट उहाँहरुका माग सम्वोधनका लागि सम्वन्धित निकायसँग निरन्तर छलफल जारी राखेका छौँ । शिक्षामन्त्रालय पनि उहाँहरुका माग जति सक्दो छिटो सम्वोधन गर्न प्रयासरत छ,’ काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरि श्रेष्ठले भने ‘सिसडोलबासीलाई वार्ताका माध्ययमबाट समस्या समाधान गर्न आग्रह गरिरहेका छौँ । उनीहरुले निरन्तर अवरोध गर्ने हो भने हामीले फोहोर विसर्जन कार्यका लागि थप कदम चाल्नुपर्ने हुनसक्छ ।’

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ४ : ३१ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको