फोहोर विसर्जनमा अवरोध नगर्न सिसडोलवासीमा महानगरको अनुरोध « Khabarhub

फोहोर विसर्जनमा अवरोध नगर्न सिसडोलवासीमा महानगरको अनुरोध


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दाको मागमा सकारात्मक भएको जनाएको छ ।

महानगरले सूचनामार्फत फोहोरमैला विसर्जनमा अवरोध नगर्न आग्रह गर्दै स्थानीयका मागमा आफूहरु सकारात्मक रहेको जनाएको हो ।

‘काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोरमैलाको अन्तिम विसर्जन स्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा–२ स्थित ल्याण्डफिल्ड साइटका प्रभावित बासिन्दाले विभिन्न माग राखी फोहोर व्यवस्थापन कार्यमा २०७७ चैत १३ देखि अवरुद्ध गर्दै आएकोमा काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ,’ ‘विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय बासिन्दाको माग सम्बन्धमा काठमाडौँ महानगरपालिकाले नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सम्बन्धमा काठमाडौँ महानगरपालिका सकारात्मक अपेक्षा गर्छ ।’

विज्ञप्तिमा ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दालाई फोहोरमैला विसर्जन कार्यमा सहयोग गर्न पनि अपिल गरिएको छ ।

त्यस्तै महानगरले जोखिम न्यूनीकरण कार्यमा सहयोग गर्न पनि आग्रह गरेको छ । फोहोर मैला प्रभावित क्षेत्रका स्थानीय बसिन्दाहरुले चैत १३ गते यता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् ।

‘हामी सिसडोलबासीका मागप्रति सकारात्मक छौँ । हाम्रो तर्फबाट उहाँहरुका माग सम्वोधनका लागि सम्वन्धित निकायसँग निरन्तर छलफल जारी राखेका छौँ । शिक्षामन्त्रालय पनि उहाँहरुका माग जति सक्दो छिटो सम्वोधन गर्न प्रयासरत छ,’ काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरि श्रेष्ठले भने ‘सिसडोलबासीलाई वार्ताका माध्ययमबाट समस्या समाधान गर्न आग्रह गरिरहेका छौँ । उनीहरुले निरन्तर अवरोध गर्ने हो भने हामीले फोहोर विसर्जन कार्यका लागि थप कदम चाल्नुपर्ने हुनसक्छ ।’

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ४ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै