भाइरल ज्वरोका कारण एक सय बढी विद्यार्थी बिरामी « Khabarhub

भाइरल ज्वरोका कारण एक सय बढी विद्यार्थी बिरामी


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीस्थित धुरालसैन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेका छन् ।

विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक महासिं थापाले बताए । विद्यालयमा अध्ययनरत एक सय बढी विद्यार्थी तीन दिनयता बिरामी परेका छन् ।

विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको धुरालसैन माविका शिक्षक सुरेन्द्र रौलेले जानकारी दिए ।

दैनिक २० भन्दा बढी बिरामी हुने गरेको विद्यालयका प्रधानाध्यापक थापाले बताए । धेरै विद्यार्थी बिरामी भएकाले विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या कम हुँदै गएको छ । शनिबार र आइतबार सार्वजनिक बिदामा केही विद्यार्थी गाउँमै बिरामी परेका र आज विद्यालय खुलेपछि पनि केही विद्यार्थी बिरामी पर्न थालेका शिक्षक रौलेको भनाइ छ । आज मात्र कक्षा ७ का एकैपटक १० विद्यार्थी बिरामी परेका छन् ।

नगरपालिकाबाट स्वास्थ्यकर्मीको टोली विद्यालयमा गई उपचारमा खटिएको छ । विद्यार्थी बिरामी भएको जानकारी आएपछि स्वास्थ्यकर्मीको टोली औषधिसहित विद्यालयमा पठाइएको नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले बताए ।

विद्यार्थीमा रुघाखोकी, टाउको दुख्ने, पेट दुख्ने, ज्वरो आउन, वाकवाकी लाग्ने लक्षण देखा परेको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ४ : ४५ बजे

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित