नेपालम १४१ कोरोना संक्रमित थपिए, ८२ डिस्चार्ज « Khabarhub

नेपालम १४१ कोरोना संक्रमित थपिए, ८२ डिस्चार्ज


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ हजार १२२ जनाको पीसीआर परीक्षण गरिएकोमा १४१ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ५०, ललितपुरमा ७ र भक्तपुरमा थप १ जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।

त्यस्तै सोही अवधिमा मुलुकका विभिन्न अस्पताल थप ८२ संक्रमित कोरोनामुक्त भएका छन् । योसहित हालसम्म दुई लाख ७२ हजार ६१२ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा नेपालमा कोरोनाका कारण कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ३ हजार २७ संक्रमितको मृत्यु भएको छ । नेपाल हाल १ हजार ३४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : २३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु