संविधानसभा सदस्य भण्डारीको निधनप्रति देउवाद्वारा दुःख व्यक्त « Khabarhub

संविधानसभा सदस्य भण्डारीको निधनप्रति देउवाद्वारा दुःख व्यक्त


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । भण्डारीको सोमबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्व भण्डारी २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कांग्रेसका तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

स्व भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ४ : ५८ बजे

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित