घुसवापत साढे ३७ लाख रुपैयाँ इन्जिनियरको खातामा जम्मा गर्नेविरुद्ध मुद्दा दायर « Khabarhub

घुसवापत साढे ३७ लाख रुपैयाँ इन्जिनियरको खातामा जम्मा गर्नेविरुद्ध मुद्दा दायर


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्जिनियरको खातामा घुसवाफत साढे ३७ लाख रुपैयाँ जम्मा गर्नेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजन इन्जिनियर सुवास बस्नेतको खातामा घुसवाफतको रकम जम्मा गर्ने उमानाथ खतिवडाविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार इन्जिनियर बस्नेतविरुद्ध चलिरहेको मुद्दामा वकपत्र गर्दा अनुसन्धानको सिलसिलामा गरेको वयान कागजको व्यहोरालाई अन्यथा हुने गरी प्रतिकुल वकपत्र गरेको भन्दै अख्तियारले खतिवडाविरुद्ध मुद्दा दायर गरिएको हो ।

खतिवडाले झापाको गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण एवं थप काम गर्नको लागि बस्नेतले उपलब्ध गराएको बैंकको खातामा पटक–पटक गरी उक्त रकम जम्मा गरेको खुलेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ६ : ४५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका