कारबाही गर्ने अधिकार ओलीलाई छैन, मैदान छाडेर भाग्दैनौँ : नेता नेपाल | Khabarhub Khabarhub

कारबाही गर्ने अधिकार ओलीलाई छैन, मैदान छाडेर भाग्दैनौँ : नेता नेपाल


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने अधिकार नभएको बताएका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र एमाले उपाध्यक्ष भिम रावललाई साधरणसदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेको जानकारी दिँदै पत्र पठाएपछि उनले ओलीलाई कारबाही गर्ने अधिकार नभएको बताएका हुन् ।

उनले अध्यक्ष ओलीलाई ‘गुटको मात्र अध्यक्ष’ भएको दावी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् , ‘सञ्चार माध्यममा आएअनुसार आज म र कमरेड भीम रावललाई निलम्बन गरिएको भन्ने कुरालाई म अस्वीकार गर्दछु ।’

उनले ओलीले विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई कारबाही गर्ने कुनै अधिकार नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘नीति, विधि, नैतिकता, मूल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु ।

उनले टुक्रा–टुक्रामा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत, विस्तार र विकास गरेको आफूहरुले नै गरेको बताउँदै यसको रक्षा पनि आफूहरुले नै गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘मैदान छोडेर भागिने छैन, नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अत: निराश होइन दृढ बनेर कम्युनिस्ट आन्दोलनको रक्षा गरौं ।’

उनले फेसबुकमा यस्तो लेखेका छन्–

सञ्चार माध्यममा आए अनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधान विपरित…

Posted by माधव कुमार नेपाल – Madhav Kumar Nepal on Monday, 29 March 2021

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ४० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष