विवेकानन्दको एक प्रेरक प्रसङ्ग « Khabarhub

विवेकानन्दको एक प्रेरक प्रसङ्ग


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपटक गोरक्षण सभाका एक प्रचारक आर्थिक अनुदानका लागि विवेकानन्दकोमा आए ।

विवेकानन्दले सोधे— तपाईंहरुको सभाको उद्देश्य के हो ?

प्रचारक महोदयले भने— हामी देशका गौमातालाई कसाईबाट बचाउँछौँ । ठाउँ–ठाउँमा गौशाला बनाएका छौँ । जहाँ रोगग्रस्त, दुर्बल र कसाईलाई बेचिसकेका गौमाताको पालन गर्छौँ ।

विवेकानन्दले गद्गद् हुँदै भने— बडो प्रशंसनीय कुरा हो । तर, सभाको आय कसरी हुन्छ ?

प्रचारकले भने— मारवाडी सम्प्रदायले यस कामका लागि प्रचुर मात्रामा धन दिने गर्छन् । तपाईंजस्ता धर्मात्माले पनि हामीलाई सहयोग दिनुहुन्छ ।

मध्य भारतमा यो वर्ष भयङ्कर अनिकालले लाखौँ मानिस मारिए । के तपाईंको संस्थाले यसमा सहायता गर्‍यो ?

हामी अनिकाल आदिमा कुनै सहायता गर्दैनौँ । यो संस्थाले केवल गौरक्षाको कार्य गर्छ । त्यसै पनि मानिसहरुको कर्मफल अर्थात् पापका कारण यो अनिकाल परेको हो । उनीहरुले कर्मअनुसारको फल भोगेका छन् ।

प्रचारकको यस्तो कुरा सुनेर विवेकानन्द रिसाए तर संयमित हुँदै भने— जुन सभा र समितिले मानिसमा सहानुभूति राख्दैन, आफ्ना दाजुभाई अन्न नपाएर मरेको देखेर पनि उनीहरुको सहायता गर्न उद्यत हुँदैन, म त्यो सभा या समितिमा लेसमात्र पनि सहानुभूति राख्दिनँ ।

यदि आफ्नो कर्मले मानिस अनिकालको शिकार भएका हुन् भने गौमाताहरु पनि आफ्नो  कर्मका कारण कसाईकोमा पुग्छन् । तिनको रक्षाका लागि म आर्थिक सहायता गर्न सक्दिनँ ।

किनभने म सन्यासी हुँ । मसँग धन कहाँबाट आओस् ? यदि मसँग जम्मा भयो भने पनि त्यो मानिसको सेवाका लागि खर्च गर्नेछु । यो काम गरेर यदि केही पैसा बच्यो भने मात्र म तपाईंको संस्थालाई दिनेछु ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ५ : १० बजे

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको