एनआरएनले दिएको नयाँ जीवन र खुशी : यसरी रमाउँदै छन् गुरुङ « Khabarhub

एनआरएनले दिएको नयाँ जीवन र खुशी : यसरी रमाउँदै छन् गुरुङ



दोहा- गत वर्ष अक्टोबरमा काठमाडौंस्थित त्रिभुवन विमान स्थलमा एकजना यात्री ह्वील चेयरमा उत्रिए ।

उनको खुट्टा चल्ने अवस्थामा थिएनन् । विमानबाट स्वयंसेवकहरुले बल्ल उनलाई ह्वील चेयरसहित उतारे ।

शारीरिक रुपमा अशक्त उनी बोल्न सक्दैनथे,  खुट्टामा जुत्ता चप्पलसमेत थिएनन् । मुस्किलले ज्यान बचाएर स्वदेश फर्किएका थिए उनी । उनको अनुहारमा कुनै कान्ती थिएन ।

उनी थिए,  झापा जिल्ला, विर्तामोड नगरपालिका वडा नं १० निवासी  ३५ वर्षीय प्रकाश गुरुङ । त्यसको ठीक ६ महिनापछि  अहिले प्रकाश ठमठम हिँड्छन्, शारीरिक रुपमा पनि उनी तन्दुरुस्त छन् ।

नेपाल फर्केको झन्डै ६ महिनाको अन्तरालमा गुरुङले आफूले नयाँ जीवन पाएका अनूभूति गरिरहेको बताएका छन् ।  उनका आफन्तहरु समेत उनको स्वास्थ्य स्थितिमा आएको सुधार देखेर दंग  छन् ।

उनका आफन्त भन्छन्,  “कस्तो अवस्थामा नेपाल आएको थियो, अहिले कस्तो भयो, सुरुमा नेपाल ल्याउँदा त हामीले यत्तिको तन्दुरुस्त र यस्तो सुधार होला भनेर कल्पना पनि गरेका थिएनौँ,” उनका आफन्तले थपे,   “अहिले उनको स्वास्थ्य स्थिति निकै सुधार छ, हिँडडुल  गर्न सक्ने र निकै स्वस्थ भएका छन् ।”

उनको परिवारमा मात्रै होइन, छरछिमेकमा समेत खुसियाली छ । गैरआवासीय नेपाली संघले गत वर्षदेखि शुरु गरेको मानवीय उद्धार अन्तर्गतको सहयोगको प्रसंशा गाउँले सबैले खुलेर गर्ने गरेका छन् ।

उनी अहिले फुर्सदको बेला साथीभाइसँग गफिने गर्छन् । उनको खुशीको सीमा छैन । मनकारीहरु सामुहिक प्रयासले अप्ठ्यारोमा परेका मानिसको जीवन कति सहज बन्दो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हुन् गुरुङ ।

उनी सन् २०११ मा वैदेशिक रोजगारीका शिलशिलामा साउदी अरब पुगेका थिए । सन् २०१३ मा अचेत भई रियादस्थित थाडीक जनरल अस्पतालमा उपचार गराई गैरआवासीय नेपाली संघले नेपाली दूतावाससँगको समन्वयमा उनलाई गत अक्टोबर अन्तिम साता संघको राहत तथा उद्दार कार्यक्रम अन्तर्गत सकुशल उद्धार गरी नेपाल फर्काइएको थियो ।

उनलाई नेपालसम्म फर्काउने कार्यमा एनआरएनए साउदीका पदाधिकारीहरु, दूतावास तथा संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री केसीले महत्वपूर्ण भूमिका खेलका थिए ।

केही दिनअघि मात्र साउदीको रियादमा रहेको फेमेली केयर अस्पतालले ८ लाख २३ हजार साउदी रियाल नेपाली रुपैयाँ २ करोड ५० लाख भन्दाबढी रकम मिनाहा गरीदिएपछि दुर्घटनामा परी अपाङ्गता भएका हरैचा- ९ मोरङ बेदबहादुर भुजेललाई पनि आवश्यक सम्पूर्ण खर्च एनआरएनले व्यवस्था गरेर स्वदेश पठाएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ८ : २५ बजे

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा

सरकारले भन्यो : सहकारीपीडितको रकम फिर्ता गर्ने कानुन बनाउन अध्यादेश सिफारिस

काठमाडौँ । सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि,

अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिडभाड