चलचित्रकर्मी कल्याणकारी कोषमा सहयोग « Khabarhub

चलचित्रकर्मी कल्याणकारी कोषमा सहयोग


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा रहेका नेपाली कलाकारहरुले चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषमा तीन लाख बढी रुपैंयाँ सहयोग गरेका छन् ।

६ महिना अघि अमेरिका पुगेर आएकी कोषकी संयोजक अभिनेत्री बसुन्धरा भुषालमार्फत उनीहरुले कोषलाई सहयोग गरेका हुन् । बसुन्धराका अनुसार हालसम्म कोषमा चार करोड बढी रकम जम्मा भइसकेको छ ।

हिजो बुधवार भुसालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य–सचिव महेन्द्रप्रसाद साँखीलाई ३ लाख २० हजार रुपैंयाँ हस्तान्तरण गरिन् ।

कोषमा अमेरिका बाल्टिमोरमा निवासी लोकगायक प्रेमराजा महतबाट १ लाख ३ हजार २ सय, कलाकार पुजा आर लामा र राजु लामाबाट २४ हजार १ सय २०, कलाकार सारंगा श्रेष्ठबाट २४ हजार १ सय २०, कलाकार सबिता अधिकारीबाट १२ हजार ६ सय, दिव्य चन्दबाट १२ हजार १ सय २०, कलाकार अरुणिमा लम्सालबाट १२ हजार १ सय २०, कलाकार दिलीप रायमाझी र मञ्जु रायमाझीबाट १२ हजार १ सय २० रुपैंयाँ सहयोग भएको छ ।

त्यस्तै कलाकार रञ्जना शर्माबाट १२ हजार १ सय २०, कलाकार मुकेश आचार्यबाट १२ हजार १ सय २०, सुरेश श्रेष्ठबाट १२ हजार १ सय २०, कलाकार राधा शर्मा (भावु)बाट ६ हजार १ सय २०, भेष पोखरेलबाट ६ हजार १ सय २०, अमेरिका न्युजर्सी निवासी प्रकाश शर्मा र करुणा शर्माबाट २४ हजार १ सय २० सहयोग प्राप्त भएको छ ।

त्यसैगरी अमेरिका बोस्टन निवासी संचिता थापाबाट २४ हजार १ सय २०, सदिक्षा अधिकारीबाट ७ हजार २ सय, अमेरिका न्युयोर्कवासी डा. रबिन राईबाट १२ हजार १ सय २० गरी ३ लाख १६ हजार ५ सय ६० रुपैयाँ सहयोग भएको छ । यस्तै अभिनेता पल शाहले पनि १ लाख १ सय १ रुपैयाँ घोषणा गरेका छन् ।

कोषले समस्यामा रहेका फिल्मकर्मीलाई सहयोग गर्ने, औषधीउपचार गरिदिने, आपतकालिन अवस्थामा सहयोग गर्ने, मृत्युपरन्त काजकिरिया सहयोग गर्ने लगायतमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १० : २० बजे

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको