तुलसीलाई किन सुक्न नदिने ? « Khabarhub

तुलसीलाई किन सुक्न नदिने ?


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्र अनुसार घर र अफिसमा साना बोटविरुवा लगाउनु शुभ मानिन्छ । यसले वातावरण हरियाली पार्ने मात्र होइन सकारात्मक ऊर्जा सञ्चार गरी घर र कार्यक्षेत्रमा सुख–शान्ति र समृद्धि बनाउने मान्यता छ ।

हिन्दू धर्ममा बोटविरुवाको पूजाको खास महत्व छ । ज्योतिषशास्त्रमा पनि बोटबिरुवाको सम्बन्ध बुध ग्रहसंग हुने मान्यता छ । घर वा कार्यस्थलमा बोटबिरुवा भए सुख, सौभाग्य पाउने विश्वास गरीन्छ भने यी ओइलाएमा अशुभ संकेतको प्रतिक मानिन्छ । कुन विरुवा सुके वा ओइलाए के मानिन्छ ?

१. तुलसी
घरमा रोपेका बोटविरुवाको स्याहार वा पानी हाल्न भुलेमा यो सुक्ने गर्दछ । तर नियमित रुपमा पानी हालेर पनि घरमा रोपेको तुलसीको बिरुवा सुक्न थाल्यो भने यो माता लक्ष्मी रुष्ट भएको र घरमा धनको हानी हुने संकेतको रुपमा मानिन्छ । तसर्थ तुलसीलाई सुक्न दिनु हुदैन । यदि सुकेमा यसलाई तुरुन्त हटाउनु पर्दछ ।

२. मनी प्लान्ट
भगवान गणेशको दिशा मानिने भएकाले वास्तुशास्त्र अनुसार घरको दक्षिण पूर्वी दिशामा मनी प्लान्ट रोप्नु पर्दछ । यसो गरेमा मनी प्लान्टकै कारण घरमा धनको कमी नहुने र सुखशान्ति बनीरहने मान्यता छ । तर मनि प्लान्ट ओइलाए वा सूकेमा भने धनको अभाव शुरु हुने विश्वास गरीन्छ ।

३. समी
समीको बिरुवा शनिदेवलाई प्रिय मानिन्छ । मान्यता अनुसार शनि ग्रहसंग सरोकारीत समस्याबाट छुटकारा पाउन समीको बिरुवा रोप्नु राम्रो मानिन्छ । साथै धार्मीक मान्यता अनुसार भगवान शिवलाई पनि समी प्रिय छ । तर समीको बिरुवा सुकेमा वा ओइलाएमा शनिको खराब स्थिति वा शिव रुष्ट भएको संकेत मानिन्छ । त्यसैले यो बिरुवा सुक्न दिनु हुदैन ।

४. अशोक
वास्तुशास्त्रमा अशोकको बिरुवाले सकारात्मक ऊर्जा दिने धार्मीक विश्वास छ । त्यसैले मानिसहरु घरको आगनमा अशोकको बिरुवा रोप्ने गर्दछन् । यस्तोमा यो रुख सुक्नु वा ओइलाएमा घरको शान्ति भंग हुने संकेत मानिन्छ । त्यसैले यसलाई सुक्न दिनु हुदैन ।

५. आँप
हिन्दू धर्ममा आँपको रुखलाई अत्यन्त पवित्र मानिन्छ । यसको प्रयोग धेरै धार्मीक कार्यमा समेत गरीन्छ । त्यसैले आँपको बिरुवा सुक्नु वा ओइलाएमा भविष्यमा आउने संकटको संकेत गर्दछ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १० : २५ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता