हिमेशको गीतले हीरा चोर पक्राउ ! « Khabarhub

हिमेशको गीतले हीरा चोर पक्राउ !


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडका गायक तथा संगीतकार हिमेश रेशमियाका गीत दर्शकमाझ निकै लोकप्रिय छन् । यिनै गायकको एक किस्सा बलिउडमा निकै लोकप्रिय छ ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार उनको एक गीतको सहयोगले एक हिरा चोरलाई पक्रन प्रहरी सफल भएको छ ।

यो कुरा सन् २००६ को हो । त्यो समयमा एक व्यक्ति मुम्बईको एक बारमा पुगेका थिए । त्यो बारमा गीत गाउने एक गायिकालाई उनले मनपराए । त्यही गायिका देखेर दुई रातमै उक्त व्यक्तिले १ लाख रुपैंयाँ खर्च गरे ।

केही दिनपछि त्यो व्यक्ति त्यही बारमा आयो र हिमेशको गीत ‘हमको दीवाना कर गए’ गीतमा नाँच्दै गरेको डान्सरलाई आफू नजिक बोलायो । मदिरामा लठ्ठ ती व्यक्तिले मदिराको सुरमा पटक पटक त्यही गीत गाउन अपिल गरिरहे ।

ती व्यक्तिको व्यवहारबाट दिक्क भएका अन्य व्यक्तिले उनको गतिविधिमा आपत्ति जनाए । त्यही बेला गीतको अपिल गर्ने व्यक्तिले गोजीबाट हजार रुपैंयाँको नोटको बिटो निकालेर त्यही गीत बजाउनु पर्ने अड्डी कसे ।

त्यो समयमा ग्राहकको भीडमा एक प्रहरी पनि थिए । गोजीबाट हजारको बिटो निकालेको देखेका उनले तुरुन्तै क्राइम ब्राञ्चलाई फोन गरे ।

क्राइम ब्राञ्चले ती व्यक्तिलाई पक्राउ गरेपछि उनको नाम दिवेश बोर्स भन्ने खुल्यो । जो एक सिकर्मी थिए । उनी मुम्बईको एक प्रख्यात ज्वेलरीमा काम गर्थे । ज्वेलरीका मालिकको परिवार विदेश भ्रमणमा जाँदा उनीहरुको अनुपस्थितिमा दिवेशले ज्वेलरी चोरी गरेका थिए ।

प्रहरीले दिवेशको खानतलासी गर्दा उनीबाट ३० लाख रुपैंयाँको हीरा बरामद गरेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १२ : १५ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर