बलिउडमा कसको डान्स स्टेप कस्तो ? | Khabarhub Khabarhub

बलिउडमा कसको डान्स स्टेप कस्तो ?


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बिना डान्स सिक्वेन्स कुनै पनि फिल्म बन्ने सम्भावना कम नै हुन्छ । अझ बलिउडको कुरा गर्दा फिल्ममा डान्स भएन भने त्यो फिल्म पूर्णरुपमा खल्लो साबित हुन्छ ।

बलिउडमा वार्षिक रुपमा सयौं फिल्म बन्छन् । तर ती फिल्ममा प्रयोग गरिएका डान्स स्टेपहरु दर्शकमाझ आजीवन सर्वप्रिय बन्छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार बलिउडमा केही गीतमा यस्ता डान्स स्टेपहरु छन्, जुन डान्स स्टेपमार्फत कोरियोग्राफरले आफ्नो करियर बनाएका छन् ।

सन् १९९० देखि २००० को दशकका बीचका फिल्म हुन् या अहिलेका फिल्म, ती फिल्ममा प्रयोग गरिएका हुक स्टेप निकै लोकप्रिय छ ।

ऐश्वर्या राय बच्चनले फिल्म ‘बन्टी और बबली’को गीत ‘कजरा रे’मा एक आइटम नम्बर गरेकी थिइन् । जसमा अमिताभ बच्चन र अभिषेक बच्चन पनि देखिएका थिए । वैभवी मर्चेन्टले यो डान्स नम्बरको कोरियोग्राफी गरेका थिए ।

ऐश्वर्याले यो आइटम नम्बरमा निकै मेहनत गरेकी थिइन् । अहिले पनि यो गीतको हुक स्टेप निकै लोकप्रिय छ ।

अभिनेता मिथुन चक्रवर्तीको फिल्म ‘डिस्को डान्सर’को गीत ‘आइ एम अ डिस्को डान्सर’ अहिले पनि उत्तिकै प्रिय छ । यो गीतमा मिथुनको फुट टेपिङ नम्बर स्टेप निकै भाइरल भएको थियो । यो मिथुनको आइकोनिक नम्बर थियो । गीतमा बप्पी लहरीको स्वर थियो ।

फिल्म ‘गोलियों की रासलीलाः रामलीला’को गीत ‘ततड ततड’मा अभिनेता रणवीर सिंहको प्रस्तुति हेर्नलायक थियो । यो गीतमा उनको जोडी अभिनेत्री दीपिका पादुकोण थिइन् ।

यो फिल्मपछि नै उनीहरुले एकापसमा डेट गर्न सुरु गरेका थिए । अभिनय होस् या गीत, रणवीर दुवै विधामा अत्यन्त मेहनत गर्छन् । यो गीतको हुक स्टेप निकै भाइरल भएको थियो ।

फिल्म ‘राम लखन’मा अभिनेता अनिल कपुरले हिट नम्बर ‘माइ नेम इज लखन’मा दमदार नृत्य गरेका छन् । यो गीतमा सुरु हुनासाथ उनले दुवै हाट उठाएर यसको हुक स्टेप गर्छन् । स्टेजमा प्रवेश गर्नासाथ अनिलको यो गीत बजाउन सुरु गरिन्छ ।

ऐश्वर्या राय बच्चन र माधुरी दिक्षीत फिचर्ड गीत ‘डोला रे’ निकै हिट साबित भएको गीत हो । यो फिल्म ‘देवदास’को गीत हो । यो गीतको एक हातमा टाउकोमा र अर्को हात कम्मरमा राखेर नृत्य गरिएको स्टेप निकै भाइरल बनेको थियो ।

फिल्म ‘बडे मिया छोटे मिया’मा रवीना टण्डन र गोविन्दाको गीत ‘किसी डिस्को मे जाएँ’ निकै चर्चित छ । दुवैले यो गीतमा उत्कृष्ट नृत्य गरेका छन् । गोविन्दलाई डान्स किङ मानिन्छ । उनी राम्रा राम्रा कलाकारलाई नृत्यमा पछि पार्छन् ।

अभिनेता सलमान खानको फिल्म ‘दबंग’को गीत ‘हुडहुड दबंग’ अहिले पनि उत्तिकै लोकप्रिय छ । यो फिल्ममा सलमानले एक प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका थिए ।

यो गीतमा सलमानले बेल्ट समातेर नृत्य गरेका छन् । यो गीतलाई शबीना खानले कोरियोग्राफ गरेकी थिइन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १२ : ५३ बजे

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा महामन्त्री शर्माको जोड

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन र

आजका समाचार : बहिष्कार र विरोधकाबीच संसद् जारी, पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश र राेकिएन इरान- इजरायल तनाव

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री केपी शर्मा ओलीले

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ, भक्तपुर

इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्यायो : राष्ट्रपति एर्दोगान  

एजेन्सी – टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान इजरायलले मध्यपूर्वको सुरक्षामा

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकामा आज स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी ‘मेयरसँग पत्रकार