सम्बन्धविच्छेदको कागजपत्र खोज्दै कपूर परिवार « Khabarhub

सम्बन्धविच्छेदको कागजपत्र खोज्दै कपूर परिवार


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडको सबैभन्दा पुरानो परिवारमध्ये एक कपूर परिवारमा गत वर्ष एकै वर्ष दुईजनाको निधन भयो । त्यसमा एक ऋषि कपूर थिए र अर्का उनका सानो भाइ राजीव कपुर थिए ।

यी दुई दुःखलाई झेलिरहँदा यो परिवारमा एउटा अर्को नयाँ तनाव सुरु भएको छ । एबीपी लाइभमा प्रकाशित समाचारअनुसार यो तनाव राजीवको सम्पत्तिको हकलाई लिएर हो । किनकी कपूर परिवारका कोही पनि सदस्यलाई राजीवको सम्बन्धविच्छेदको कागजात कहाँ छ भन्ने कुराको जानकारी छैन ।

राजीवको गत फेब्रुअरी ९ मा हृदयघातका कारण निधन भएको थियो । जसको दुई महिना पछि उनका ठूलो दाई रणधीर कपूर र उनकी बहिनी रीमा जैन राजीवको सम्पत्तिमाथि हकदाबी गर्न बम्बई हाइ कोर्टमा अपिल गरेका थिए ।

तर अदालतले राजीवको सम्बन्धविच्छेदको कागजात ल्याउन आदेश दिएपछि उनीहरु त्यो कागजातको खोजीमा जुटेका छन् । कार्टको आदेशपछि रणधीरले आफूहरुसँग सम्बन्धविच्छेदको कागज नभएको बताएका छन् ।

राजीवले सन् २००१ मा आरती सभरवाल नामकी महिलासँग विवाह गरेका थिए र उनीहरुको सन् २००३ मा सम्बन्धविच्छेद भएको थियो ।

कपूर परिवारका वकिलले उनीहरुको सम्बन्धविच्छेद कुनै पारिवारिक अदालतमा भएको र त्यो अदालत कहाँ छ भन्ने खोजी भइरहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १ : ५९ बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी