तामाकोशी जलविद्युत आयोजनाको सुरुङमा पानी खसालियो « Khabarhub

तामाकोशी जलविद्युत आयोजनाको सुरुङमा पानी खसालियो


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

विहीबार दोलखाको लामाबगरमा आयोजित एक औपचारिक कार्यक्रमबीच सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङले संयुक्तरुपमा स्वीच थिचेर सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ गरेका छन् ।

माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङकोबीच भागमा राखिएको पेनस्टक पाइप जडानको काम सकिएपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न थालिएको हो ।

मुख्य निर्माणअन्तर्गत बाँध/इन्टेक, मुख्य सुरुङ, विद्युत गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ ।

जलासय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।

केही दिन भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सो आयोजनाबाट उत्पादन हुने विद्युतको औपचारिक रुपमा उद्घाटन गर्ने मन्त्री गुरुङले जानकारी दिए । जलविद्युत आयोजनामा अपर तामाकोशी महत्वपूर्ण गौरवको आयोजना भएको बताए ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले आठ देखि १० दिनभित्र सुरुङमा पानी भरिएपछि विद्युत उत्पादनको परिक्षण हुने बताए । त्यस्तै खिम्ती सवस्टेशनमा बिधुत पुराएर राष्ट्रिय प्रशारण लाइनमा आवद्ध गरिने उनले जानकारी दिए ।

पहिलो युनिटबाट बिजुली निकालेको १५–२० दिनमै अर्को युनिटबाट बिजुली उत्पादन सुरू हुने आयोजनाले जनाएको छ । अर्थात् जेठ महिनामै माथिल्लो तामाकोसीबाट डेढ सय मेगावाट बिजुली उत्पादन हुनेछ ।

उत्पादनको केही दिनपछि बन्द गरी उपकरणहरूको परीक्षण गरिनेछ । परीक्षण सफल भएपछि भने नियमित रूपमा व्यावसायिक उत्पादन हुनेछ । बिजुली उत्पादन भइ नसकेकाले आयोजनाको ब्याजसहितको लागत बढिरहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १० : ४६ बजे

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली

दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा