निषेधाज्ञा उल्लंघन गर्ने २ हजार बढी सवारी साधनमाथि कारबाही « Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार बढी सवारी साधनमाथि कारबाही


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणको रोकथाम तथा  नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने २ हजारभन्दा बढी सवारी साधनमाथि प्रहरीले कारबाही गरेको जनाएको छ ।

निषेधाज्ञा उल्लंघन गर्दै सडकमा गुडेका २ हजार ४९ सवारीसाधनलाई कारबाहीस्वरुप होल्ड गरेर राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको हो ।

महाशाखाले जरुरी काम र सवारी पासविना सडकमा निस्किएका सवारी साधनलाई दिनभर नियन्त्रणमा लिएर बेलुकी ६ बजेपछि छाडेको जनाएको छ ।

निषेधाज्ञाको पहिलो दिन भएकोले आज सम्झाई बुझाई आगामी दिनमा निषेधाज्ञा उल्लंघन नगर्ने सर्तमा उनीहरुलाई छाडिएको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ८ : १५ बजे

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत

फोटो बोकेर शवको पर्खाइमा आफन्त (तस्बिरहरू)

काठमाडौं– भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर

रसुवा बाढी पीडितलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै सेलिब्रिटी

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पीडितलाई राहत वितरण

चितवनमा त्रिशूली–नारायणीमा बगेका शवको खोजी, पहिचान र व्यवस्थापनको तयारी

नारायणगढ– त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान