बलिउड कलाकारका यस्ता क्रेजी फ्यान « Khabarhub

बलिउड कलाकारका यस्ता क्रेजी फ्यान


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– हालैमात्र ‘दिलबर गर्ल’ नोरा फतेहीसँगको भेटमा नै एक फ्यानले उनीप्रति प्रेम व्यक्त गर्न आफ्नो हातमा फेस ट्याटु बनाएका थिए । यतिमात्र होइन, ती फ्यान नोरालाई हेर्नकै लागि औरंगाबादबाट मुम्बई पुगेका थिए ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार नोरामात्र होइन, यसअघि कैयौं फ्यानले आफ्ना मनपर्ने कलाकारका लागि अनौठा गतिविधि गर्न पछि परेका छैनन् ।

फिल्म ‘केजीएफ’बाट देशभर लोकप्रियता हासिल गरेका अभिनेता यशको ठूलो फ्यान फलोइङ छन् । सन् २०२१ को सुरुवातमा यशका कर्नाटकका एक २५ वर्षे फ्यान रामकृष्णले आत्महत्या गरेका थिए ।

आत्महत्या अघि लेखिएको चिठीमा उनले यशलाई आफ्नो अन्तिम संस्कारमा उपस्थित हुन आग्रह गरेका थिए । यो घटनाप्रति अभिनेताले कडा रुपमा निन्दा गरेका थिए ।

सामाजिक सञ्जालमा सक्रिय अभिनेत्री रवीना टण्डनले हालै आफ्नो पुरानो दिन सम्झँदै एक फ्यानको भिडियो शेयर गरिन् । जसमा फ्यानले आफ्नो शरीरमा ‘रवीना मेरी भगवान है’ लेखेर घण्टौ प्रतिक्षा गरेका थिए ।

यस्तो देखेपछि रवीना आफैं ती फ्यानमाझ भेट्न पुगिन् । आफूलाई रविना भेट्न आएको थाहा पाएपछि ती फ्यान रोएका थिए ।

‘मोहनजोदाडो’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री पूजा हेगडेको पनि फ्यान फलोइङ राम्रो छ । केही महिना अघि पूजालाई भेट्नका लागि उनका एक फ्यानले ५ दिनसम्म उनलाई पर्खिए ।

यो कुराको जानकारी पाएपछि पूजा आफैं उनलाई भेट्न आएकी थिइन् । भास्कर राव नामका यी फ्यानको एक भिडियो पनि पूजाले आफ्नो सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

बलिउडकी ‘ड्रीम गर्ल’ हेमा मालिनीको सबैभन्दा ठूला फ्यान बिहार छपराका रिक्सावाला धनी शाह हुन् । धनी हरेक वर्ष हेमाको जन्मदिनमा उनका लागि उपहार लिएर छपरादेखि मुम्बई रिक्सा चलाएर आउछन् ।

अभिनेता रजनीकान्तका अर्का एक अनौठा फ्यान छन्, जो उनका हरेक फिल्म आफ्नो एक हजार गरीब गाउँका मानिसलाई चेन्नई ल्याएर देखाउछन् । उनको नाम गोपी हो, जो तामिलनाडुमा ग्यास सिलिण्डर डेलीभरी ब्वाइ हुन् ।

रजनीकान्तको एउटा यस्तो फ्यान क्लबमा पनि छ । जुन क्लबका सदस्य रजनीकान्तको फिल्म रिलिज हुनु अघि उनको विशाल कटआउटलाई दुधले नुहाइदिन्छन् ।

बलिउड अभिनेता सञ्जय दत्तको एक फ्यान सन्दीप संभाजीले उनको नामको ट्याटु बनाएका छन् । यतिमात्र होइन, सन्दीपले सञ्जयको जन्मदिनमा आफ्नो अटोमा मानिसहरुलाई निशुल्क सेवा दिन्छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ९ : १५ बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी