भारतमा १५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

भारतमा १५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसविरुद्धको खोप लगाउनेहरुको सङ्ख्या १५ करोडभन्दा बढी पुगेको छ ।

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार देशभरी कोरोनाविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या १५ करोड २० हजार ६४८ पुगेको हो ।

देशका १० राज्यहरु आन्द्र प्रदेश, बिहार, केरला, मध्य प्रदेश, कर्नाटक, पश्चिम बंगाल, गुजरात, उत्तर प्रदेश, राजस्थान र महाराष्ट्रमा मात्रै ६७.१८ प्रतिशत खोप प्रयोग भएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै देशभरी २१ लाखभन्दा बढी खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित भएको भारतमा अहिले ८२.१० प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६९ हजार ५०७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये ८७.०७ प्रतिशत माथी उल्लेखित दश राज्यका रहेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ७९ हजार २५७ जना नयाँ सङ्क्रमित थपिएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ७२.२० प्रतिशत ती दश राज्यमा रहेको तथ्याङ्कमा देखिएको छ । रासस/एएनआई

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ९ : ३० बजे

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च