भारतमा १५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

भारतमा १५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसविरुद्धको खोप लगाउनेहरुको सङ्ख्या १५ करोडभन्दा बढी पुगेको छ ।

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार देशभरी कोरोनाविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या १५ करोड २० हजार ६४८ पुगेको हो ।

देशका १० राज्यहरु आन्द्र प्रदेश, बिहार, केरला, मध्य प्रदेश, कर्नाटक, पश्चिम बंगाल, गुजरात, उत्तर प्रदेश, राजस्थान र महाराष्ट्रमा मात्रै ६७.१८ प्रतिशत खोप प्रयोग भएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै देशभरी २१ लाखभन्दा बढी खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित भएको भारतमा अहिले ८२.१० प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६९ हजार ५०७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये ८७.०७ प्रतिशत माथी उल्लेखित दश राज्यका रहेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ७९ हजार २५७ जना नयाँ सङ्क्रमित थपिएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ७२.२० प्रतिशत ती दश राज्यमा रहेको तथ्याङ्कमा देखिएको छ । रासस/एएनआई

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ९ : ३० बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ