सङ्गतको प्रभाव : एक प्रेरक प्रसङ्ग « Khabarhub

सङ्गतको प्रभाव : एक प्रेरक प्रसङ्ग


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वनमा अवस्थित आश्रममा बसेका आफ्ना गुरुलाई भेट्न राजा गएछन् । सन्ध्योपासनाको समय आइपुग्यो । गुरुले राजालाई पनि आफैसँग ध्यानमा बस्ने इसारा गरे ।

गुरु ध्यानस्थ भए । तर वशमा नभएको चञ्चल मनले राजालाई ध्यानमा बाधा गरिरहेको थियो । उनी घरिघरि आँखा खोलिरहन्थे । त्यत्तिकैमा एउटा बाघ उनीहरु बसेतिर गर्जिंदै आइरहेको राजाले देखे । जङ्गलको राजालाई देखेर देशका राजा भएभीत भर बच्न हतपत रुखमाथि चढे । तर गुरु टसका मस भएनन् । गुरुको इहलीला आज सिद्धियो भन्ने राजालाई लाग्यो ।

बाघ गर्जिंदै आयो । गुरु ध्यानस्थ बसेकै ठाउँ हुँदै आफ्नै बाटो वनतिर लाग्यो । ज्यान बचाउन रुख चढेका राजा छक्क पर्दै तल ओर्लिए । ध्यानस्थ गुरुले केही बेरपछि आँखा खोले र दुवै कुटीतिर लागे ।

बाटामा सँगै हिँडिरहेका बेला गुरुको गालामा एउटा लामखुट्टे टोक्न आयो । लामखुट्टेलाई उनले प्याट्ट हानेर मारे । यो देखेर राजाले आफूलार्ई रोक्न सकेनन् र आश्चर्यचकित हुँदै गुरुसँग प्रश्न गरे— गुरुदेव ! मेरो मनमा एउटा प्रश्न उठेको छ । केही क्षणअघि हाम्रो नजिक एउटा खतरनाक बाघ आएको थियो ।

तपाईं डराउनुभएन र उसबाट बच्न कुनै प्रयास पनि गर्नुभएन । तर अहिले एउटा लामखुट्टेले टोक्दा त्यसप्रति क्रोधित भई मारिदिनुभो । बाघ आउँदा विचलित नहुने गुरु किन लामखुट्टेसँग यति क्रोधित हुनुभएको ?

गुरु गम्भीर भए— तिम्रो भनाइ ठिक छ । बाघ आएको समयमा म परमात्माको सत्सङ्गमा थिएँ । बाघ जसरी कराउँदै आयो, त्यसरी नै गयो । मलाई कुनै डर लागेन । तर जब मलाई लामखुट्टे टोक्न आयो, म तिम्रो साथमा थिएँ । तिमी राजा छौ, रिसाउनु तिम्रो स्वाभाविक गुण हो । तिम्रै सङ्गतले मलाई पनि रिस उठ्यो र लामखुट्टेलाई मार्ने भाव आयो । यो सङ्गतको प्रभाव हो । मानिसले जसको सङ्गत गर्छ, उसैको गुण धर्म उसमा सर्छ ।’

साभार  : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गपुस्तकबाट

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : ४४ बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट