विज्ञहरूको आग्रह बेवास्ता, सरकार आजै अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै « Khabarhub

विज्ञहरूको आग्रह बेवास्ता, सरकार आजै अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विपक्षी दल र विज्ञहरुको दबाबका बीच सरकारले आजै अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ ।

प्रतिनिधिसभा नरहेको अवस्थामा जेठ १५ मा नै बजेट ल्याउन जरूरी नरहेको भन्दै विपक्षी दलहरू र विज्ञहरूले विरोध गरे पनि सरकारले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेको हो ।

अध्यादेशमार्फत आउन लागेको आउँदो आर्थिक वर्ष २०७८/७९ को बजेटमा चुनावमा मतदाता आकर्षित गर्ने खालको कार्यक्रम ल्याउने हो कि भन्ने आशंका विपक्षीहरूले गरिरहेका छन् । तर सरकारले भने देशमा महामारी व्याप्त रहेकाले कोरोना नियन्त्रणसँग केन्द्रित कार्यक्रम ल्याउन लागेको संकेत गरेको छ ।

छुट्टै नीति तथा कार्यक्रम नै प्रस्तुत नगरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा बजेट स्वास्थ्य केन्द्रित हुने संकेत गरेका छन् ।

प्रतिनिधिसभा नियमावलीमा बजेट प्रस्तुत गर्नुअघि संसदको दुवै सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने उल्लेख छ । तर प्रतिनिधिसभा नै नरहेपछि उक्त नियमावली पनि मिचिएको छ ।

संसदका दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले अपराह्न चार बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।

अध्यादेशमार्फत बजेट नल्याउन पूर्वअर्थमन्त्री, पूर्वप्रधानन्यायाधीश, योजना आयोगका नौ जना पूर्व उपाध्यक्ष, पूर्वप्रमुख निर्वाचन आयुक्तलगायतले आग्रह गरेका थिए ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ८ : १० बजे

कांग्रेसमा मध्यस्थकर्ता नेताको खाँचो भयो : सञ्जीव हुमागाईँ (अन्तर्वार्ता)

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्ष, सभापति शेरबहादुर देउवा र कार्यवाहक

कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन्

वीरमा एमआरआई र सिटी स्क्यानको रिपोर्ट पाँच दिनसम्म नआउँदा बिरामीको बिजोग

काठमाडौं- वीर अस्पतालमा एमआरआई र सिटी स्क्यानजस्ता संवेदनशील तथा महत्वपूर्ण

कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब नाघ्यो, १८ महिनाको आयात धान्न पुग्ने

काठमाडौं– नेपालमा वैदेशिक विनिमय सञ्चिति ३२ खर्ब नाघेको छ । 

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

गण्डकी– पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा राखिएका