‘हिरोपन्थी २’मा नवाजुद्दीन भिलेन « Khabarhub

‘हिरोपन्थी २’मा नवाजुद्दीन भिलेन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता टाइगर श्राफको डेब्यू फिल्म ‘हीरोपन्थी’को सिक्वेल ‘हिरोपन्थी २’मा अभिनेता नवाजुद्दीन सिद्दीकी भिलेन चरित्रमा देखिने भएका छन् । फिल्ममा उनको भीडन्त अभिनेता टाइगरसँग हुनेछ ।

नवभारत टाइम्सका अनुसार ‘हिरोपन्थी २’को घोषणा गत वर्ष भएको थियो र फिल्म यसै वर्षको सुरुवातमा फ्लोरमा आएको थियो । फिल्मको पहिलो सेड्युल कोरोना महामारीको दोस्रो लहर आउनु अघि नै पुरा भइसकेको छ ।

महाराष्ट्रमा महामारीपछि गरिएको लकडाउन खुल्नासाथ सुटिङ सुरु हुनेछ । फिल्ममा अहमद खानको निर्देशन छ । जसले यसअघि ‘बागी २’ र ‘बागी ३’को निर्देशन गरेका थिए ।

सन् २०१४ मा रिलिज फिल्म ‘हिरोपन्थी’मा टाइगरसँगै कृति सेननको अभिनय थियो । फिल्म ‘हिरोपन्थी २’मा टाइगरको अपोजिटमा तारा सुतारिया हुनेछिन् ।

यसअघि टाइगरले आफ्नो जन्मदिनमा ‘हिरोपन्थी २’ डिसेम्बर ३ मा रिलिज हुने जानकारी दिएका थिए । यो फिल्म यसअघि जुलाई १६ मा रिलिज हुने तयारीमा थियो । फिल्म ‘हिरोपन्थी २’मा साजिद नाडियाडवालाले लगानी गर्दैछन् ।

फिल्म ‘हिरोपन्थी २’ अघि टाइगर र नवाजुद्दीनले फिल्म ‘मुन्ना माइकल’मा सहकार्य गरिसकेका छन् । टाइगर पछिल्लोपटक फिल्म ‘बागी ३’मा देखिएका थिए ।

उनी अब ‘हिरोपन्थी २’बाहेक ‘बागी ४’ र ‘रेम्बो’ जस्ता फिल्ममा पनि अभिनय गर्दैछन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १२ : ३० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी