‘हिरोपन्थी २’मा नवाजुद्दीन भिलेन « Khabarhub

‘हिरोपन्थी २’मा नवाजुद्दीन भिलेन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता टाइगर श्राफको डेब्यू फिल्म ‘हीरोपन्थी’को सिक्वेल ‘हिरोपन्थी २’मा अभिनेता नवाजुद्दीन सिद्दीकी भिलेन चरित्रमा देखिने भएका छन् । फिल्ममा उनको भीडन्त अभिनेता टाइगरसँग हुनेछ ।

नवभारत टाइम्सका अनुसार ‘हिरोपन्थी २’को घोषणा गत वर्ष भएको थियो र फिल्म यसै वर्षको सुरुवातमा फ्लोरमा आएको थियो । फिल्मको पहिलो सेड्युल कोरोना महामारीको दोस्रो लहर आउनु अघि नै पुरा भइसकेको छ ।

महाराष्ट्रमा महामारीपछि गरिएको लकडाउन खुल्नासाथ सुटिङ सुरु हुनेछ । फिल्ममा अहमद खानको निर्देशन छ । जसले यसअघि ‘बागी २’ र ‘बागी ३’को निर्देशन गरेका थिए ।

सन् २०१४ मा रिलिज फिल्म ‘हिरोपन्थी’मा टाइगरसँगै कृति सेननको अभिनय थियो । फिल्म ‘हिरोपन्थी २’मा टाइगरको अपोजिटमा तारा सुतारिया हुनेछिन् ।

यसअघि टाइगरले आफ्नो जन्मदिनमा ‘हिरोपन्थी २’ डिसेम्बर ३ मा रिलिज हुने जानकारी दिएका थिए । यो फिल्म यसअघि जुलाई १६ मा रिलिज हुने तयारीमा थियो । फिल्म ‘हिरोपन्थी २’मा साजिद नाडियाडवालाले लगानी गर्दैछन् ।

फिल्म ‘हिरोपन्थी २’ अघि टाइगर र नवाजुद्दीनले फिल्म ‘मुन्ना माइकल’मा सहकार्य गरिसकेका छन् । टाइगर पछिल्लोपटक फिल्म ‘बागी ३’मा देखिएका थिए ।

उनी अब ‘हिरोपन्थी २’बाहेक ‘बागी ४’ र ‘रेम्बो’ जस्ता फिल्ममा पनि अभिनय गर्दैछन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १२ : ३० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु