विवाहपछि काजलले आधा घटाइन् पारिश्रमिक « Khabarhub

विवाहपछि काजलले आधा घटाइन् पारिश्रमिक


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री काजल अग्रवालले केही समय अघि गौतम किचलूसँग विवाह गरिन् । फिल्म उद्योगमा कोही अभिनेत्रीको विवाह भयो भने उनीहरुले कम फिल्म पाउछन् भन्ने मान्यता छ ।

बलिउड लाइफका अनुसार काजलको हकमा पनि यो मान्यता लागु भएको छ । विवाहपछि काजललाई फिल्मको धेरै अफर आउन छोडेको छ । जसकारण उनले पारिश्रमिक घटाउने निर्णय लिएकी छन् ।

काजलले राम्रा प्रोजेक्ट आफ्नो हातमा पार्नका लागि आधा पारिश्रमिक घटाउने निर्णय लिएकी हुन् । काजलका लागि यो निर्णय लिनु त्यति सजिलो नभए पनि राम्रो फिल्मको अफर हातबाट उम्कने डरले उनले यो ठूलो निर्णय लिएकी हुन् ।

कामको कुरा गर्दा काजल अभिनेता चिरञ्जीवीको फिल्म ‘आचार्या’मा प्रमुख भूमिकामा देखिँदैछिन् । राम चरणले निर्माण गरेको यो फिल्मको निर्देशन शिवाले गरेका छन् । फिल्ममा पूजा हेगडें पनि प्रमुख भूमिकामा छिन् ।

यो फिल्मबाहेक उनी कमल हासनको ठूलो बजेटको फिल्म ‘इण्डियन २’मा पनि देखिँदैछिन् । यो फिल्मको निर्देशन शंकरले गर्दैछन् ।

फिल्मलाई लिएर केही दिन यता निकै विवाद देखिएको छ । यो विवादको मामला अदालतसम्म पुगेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १२ : ४५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी