अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै « Khabarhub

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलोपटक मानवले पाइला टेकेको दिनको सम्झनामा आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ ।

सगरमाथामा मानव पाइला पुगेको ६८ वर्ष भएको छ । दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन साबिक आठ हजार ८४८ मिटर अग्लो (हाल ८ हजार ८४८.८६ मिटर) सगरमाथामाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए।

सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ। आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो।

सगरमाथामा मानव पाइला पुगेको उक्त घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपाललाई सगरमाथाको देश भनेर संसारभर चिनायो।

सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला पुगेसँगै अहिलेसम्म झण्डै ९ हजार पर्वतारोहीले शिखर चुमिसकेका छन्। विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठवटा छन्।

यो वर्ष बसन्त ऋतुको सिजनमा ३०० सय भन्दा बढि आरोहीले सगरमाथाको आरोहण गरिसकेका छन्। मौसममा आएको प्रतिकुलताका कारण अन्तिम चरणको आरोहणमा रहेका आरोहीहरु प्रभावित भएका छन्।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १२ : ५५ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।