अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलोपटक मानवले पाइला टेकेको दिनको सम्झनामा आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ ।

सगरमाथामा मानव पाइला पुगेको ६८ वर्ष भएको छ । दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन साबिक आठ हजार ८४८ मिटर अग्लो (हाल ८ हजार ८४८.८६ मिटर) सगरमाथामाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए।

सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ। आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो।

सगरमाथामा मानव पाइला पुगेको उक्त घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपाललाई सगरमाथाको देश भनेर संसारभर चिनायो।

सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला पुगेसँगै अहिलेसम्म झण्डै ९ हजार पर्वतारोहीले शिखर चुमिसकेका छन्। विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठवटा छन्।

यो वर्ष बसन्त ऋतुको सिजनमा ३०० सय भन्दा बढि आरोहीले सगरमाथाको आरोहण गरिसकेका छन्। मौसममा आएको प्रतिकुलताका कारण अन्तिम चरणको आरोहणमा रहेका आरोहीहरु प्रभावित भएका छन्।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १२ : ५५ बजे

सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुँदै

कञ्चनपुर– सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता होः परराष्ट्रमन्त्री देउवा

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर

निर्वाचन सुरक्षामा ध्यान दिन मनाङ सीडीओ पौडेलको निर्देशन

मनाङ– प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा

सात वर्ष पुरानो विवाद : कार्डी बी निर्दोष साबित

काठमाडौं – हलिउडकी पप आइकन कार्डी बी सात वर्षदेखि तानिएको

बागलुङका किसानले गराए ७०५ पशुको बिमा

गलकोट– दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा