सुर्खेतमा १० दिन निषेधाज्ञा थपियो « Khabarhub

सुर्खेतमा १० दिन निषेधाज्ञा थपियो


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कोरोना भाइरस रोकथामका लागि सुर्खेतमा एक महिनादेखि जारी निषेधाज्ञा पुनः १० दिन थप गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको सुझावका आधारमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले यही जेठ २५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिएका हुन् ।

जिल्लामा सङ्क्रमणको दरमा केही कमी देखिएपनि सङ्क्रमणको जालो तोड्न केही समय लाग्ने देखिएकाले निषेधाज्ञाको समय बढाउनुपरेको प्रशासनले जनाएको छ । यसअघि तोकिएको निषेधाज्ञाको अवधि आज राति सकिँदै थियो ।

प्रजिअ रिजालले निषेधाज्ञाले मानिसहरूको आवागमन, भिडभाड तथा चहलपहल नियन्त्रण भएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार सुर्खेतमा हालसम्म १० हजार बढीमा कोभिड सङ्क्रमण देखिएको छ । यहाँ शुक्रबारसम्म दुई हजार ४०१ कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कर्णाली प्रदेश सरकारबाट कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुने मृतकका परिवारलाई उपलब्ध गराउने भनी निर्णय भएको रु. एक लाख उपलब्ध गराउन अनुरोध गरेको छ । त्यस्तै, बैठकले होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई आवश्यक मनोसामाजिक परामर्शका गतिविधि सञ्चालन गर्न, पिसिआर नतिजा समयमै उपलब्ध गराउन सम्बन्धित स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ९ : ४५ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट