पहिरोले बगायो भेडा, बाख्रा र भैंसी « Khabarhub

पहिरोले बगायो भेडा, बाख्रा र भैंसी


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको धार्चे गाउँपालिका–१, हुलचुकमा चराउँदै गरेका ३० भन्दा बढी भेडालाई पहिरोले बगाएर बेपत्ता बनाएको छ । गाउँदेखि झण्डै तीन घण्टाको पदैल दुरीमा पर्ने पङ्गीम भन्ने स्थानमा चराउन लगिएको भेडा पहिरो बगाएर बेपत्ता बनाएको हो ।

घटना गत बिहीबार बिहान करीब १० बजेको समयमा भएपनि खर्कबाट गाउँमा जानकारी ढिलो गरी आएको वडाध्यक्ष दिलिप गुरुङले बताए । ‘‘ठूलो पानी परेपछि गोठालाहरु ओडारमा बसेका बेला एक्कासी आएको पहिरोले भेडा बगाएको जानकारी आएको छ”, उनले भने, “करीब १२० ओटा भेडामध्ये ३० वटाभन्दा बढीलाई पहिराले बगाएको गोठालो बताएका छन् ।’’

स्थानीयबासी राजु घले र लेक्पा घलेको भेडा पहिरोले बगाएको उनको भनाइ छ । लगातार पानी परेकाले पहिरोमा पुरिएका भेडा निकाल्न नसकेको जानकारी आएको वडाध्यक्ष गुरुङले बताए ।

यस्तै सहिद लखन गाउँपालिका–७, बुङकोटमा गएराति माथिबाट खसेको पहिरोले गोठ पुरिदा गोठमा भएका दुई भैँसी, तीन बोका बाख्रा पुरिएर मरेका छन् । स्थानीयबासी धनबहादुर श्रेष्ठको गोठमा माथिबाट पहिरो खसेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । लगातार पानी परेकाले राति पहिरो हटाउन नसकिएपछि आज बिहान एक्साभेटरको सहायताले पुरिएको पशु चौपाया निकालिएको उनले बताए ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : ५९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना