पहिरोले बगायो भेडा, बाख्रा र भैंसी « Khabarhub

पहिरोले बगायो भेडा, बाख्रा र भैंसी


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको धार्चे गाउँपालिका–१, हुलचुकमा चराउँदै गरेका ३० भन्दा बढी भेडालाई पहिरोले बगाएर बेपत्ता बनाएको छ । गाउँदेखि झण्डै तीन घण्टाको पदैल दुरीमा पर्ने पङ्गीम भन्ने स्थानमा चराउन लगिएको भेडा पहिरो बगाएर बेपत्ता बनाएको हो ।

घटना गत बिहीबार बिहान करीब १० बजेको समयमा भएपनि खर्कबाट गाउँमा जानकारी ढिलो गरी आएको वडाध्यक्ष दिलिप गुरुङले बताए । ‘‘ठूलो पानी परेपछि गोठालाहरु ओडारमा बसेका बेला एक्कासी आएको पहिरोले भेडा बगाएको जानकारी आएको छ”, उनले भने, “करीब १२० ओटा भेडामध्ये ३० वटाभन्दा बढीलाई पहिराले बगाएको गोठालो बताएका छन् ।’’

स्थानीयबासी राजु घले र लेक्पा घलेको भेडा पहिरोले बगाएको उनको भनाइ छ । लगातार पानी परेकाले पहिरोमा पुरिएका भेडा निकाल्न नसकेको जानकारी आएको वडाध्यक्ष गुरुङले बताए ।

यस्तै सहिद लखन गाउँपालिका–७, बुङकोटमा गएराति माथिबाट खसेको पहिरोले गोठ पुरिदा गोठमा भएका दुई भैँसी, तीन बोका बाख्रा पुरिएर मरेका छन् । स्थानीयबासी धनबहादुर श्रेष्ठको गोठमा माथिबाट पहिरो खसेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । लगातार पानी परेकाले राति पहिरो हटाउन नसकिएपछि आज बिहान एक्साभेटरको सहायताले पुरिएको पशु चौपाया निकालिएको उनले बताए ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : ५९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण