भारतमा थप ३७ हजार संक्रमित, ९०७ संक्रमितको मृत्यु « Khabarhub

भारतमा थप ३७ हजार संक्रमित, ९०७ संक्रमितको मृत्यु


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–   भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३७ हजार ३७ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २२औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख १५ हजार ९१० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ५ लाख ५९ हजार २२८ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ९०७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ६६८ पुगेको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ६ : ५९ बजे

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि