स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा, एम्बाप्पे पेनाल्टीमा चुक्दा फ्रान्स पराजित « Khabarhub

स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा, एम्बाप्पे पेनाल्टीमा चुक्दा फ्रान्स पराजित


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  फ्रान्सलाई पेनाल्टी  सुटआउटमा हराउँदै स्वीट्जरल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बिहान सम्पन्न प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा  ५-४ गोलले पराजित गर्दै स्वीट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा फ्रान्सका केलियन एम्बाप्पेले गोल गर्न नस्कदा स्वीट्जरल्यान्डले जित हात पार्‍यो ।

पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम, प्रेसनल किम्पेम्बेले गोल गरे ।

स्वीट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन,  अकान्जी  म्यानुएल,  रुबेन भेर्गास, एडमिर  मेहमेदी पेनाल्टीमा गोल गरे ।

यसअघि निर्धारित ९० मिनेटमा स्वीट्जरल्याण्डका सेफेरोभिचले दुई तथा गाभ्रनोभिचले एक गोल गरे । फ्रान्सका करिम बेन्जिमाले दुई तथा पल पोग्बाले एक गोल गरे ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ३ : ४४ बजे

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत