युरोकपमा अन्तिम १६ का खेल सकिँदै, आज पनि दुई टिम भिड्दै « Khabarhub

युरोकपमा अन्तिम १६ का खेल सकिँदै, आज पनि दुई टिम भिड्दै


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  युरोकप फुटबलमा आज पनि दुई खेल हुँदैछन् ।

आज हुने दुई खेलसँगै अन्तिम-१६ का सबै खेल सकिने छन् ।

आजको पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल स्वीडेन र युक्रेनबीच हुनेछ ।

इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछन् ।

इग्न्ल्यांडले समूह ‘डी’ बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।

जर्मनीले समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो ।

युरोकपमा इंग्ल्यान्ड र जर्मनी तेस्रो पटक भिड्न लागेका हुन् । यस अघिको दुई खेलमा दुबै टोलीले एक एक जित निकालेका थिए ।

स्वीडेन र युक्रेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।  दुबै टिम आज जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन्।

स्वीडेन समूह ‘ई’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो  । युक्रेन समूह ‘सी’ बाट नकआउट चरणमा पुगेको हो । समूहको तेस्रो स्थानमा रहेको युक्रेन उत्कृष्ट तेस्रो टिम बन्दै राउण्ड अफ १६ मा पुगेको हो ।

स्वीडेन र युक्रेनबीच पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघिको चार खेलमा स्वीडेनले २ हार व्यहोरेको छ । यस्तै एक जित र एक बराबरी  खेलेको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ७ : ३१ बजे

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत